शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पहिलो महोत्सवको आयोजना गरिदै

बाजुरामा पहिलो महोत्सवको आयोजना गरिदै

  • आइतवार, चैत्र १७, २०७५
बाजुरामा पहिलो महोत्सवको आयोजना गरिदै

लक्ष्मीराज पाध्याय, बाजुरा १७ चैत्र ।
उद्योग बाणिज्य संघले पहिलो बाजुरा महोत्सवको आयोजना गर्ने भएको छ । बाजुराको विविध, साँस्कृतिक, आर्थिक, जडिबुटी र पर्यटकीय क्षेत्रको विकास एवम् प्रबद्र्धनमा समेत महत्वपूर्ण योगदानका लागी प्रथम बाजुरा महोत्सवको आयोजना गर्ने भएको हो ।
जिल्लामा रहेका साँस्कृतिक, आर्थिक, जडिबुटी र पर्यटकीय क्षेत्रको विकास एवम् प्रबद्र्धनमा सहयोग पुग्ने गरि महोत्सवको आयोजना गरिने उद्योग बाणिज्य सघ बाजुराले बताएको छ । महोत्सव सफल बनाउन जिल्लाका सरोकारवाला निकाय स्थानिय तह जिल्लाका राजनितक दल पत्रकार नागरिक समाजको महत्वपूर्ण योगदानका लागी सबैले आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका छन् ।
महोत्सवको मुख्य लक्ष्य स्थानीय उत्पादनलाई उपभोक्ता सामु पहिचान गराउनुका साथै जिल्ला लगायत राष्ट्रिय उत्पादनको उपभोगमा उत्प्रेरणा जागृत गर्ने, पर्यटन लोपोन्मुख लोक संस्कृतिलाई जर्गेना गर्नु, पर्यटनको प्रचार प्रशार गर्नु रहेको उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताए । सम्भावना बोकेको यस जिल्लाका धार्मिक, ऐतिहासिक एवं पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरी पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जिल्लाको समग्र क्षेत्रको विकासमा टेवा पुग्ने गरी महत्सवको आयोजना गरिने अध्यक्ष रोकायाले बताए ।
२०७६ बैशाख २० गते देखि २६ गते सम्म संचालन गरिने महत्सवको “कृर्षि,जडिबुटी, उद्योग, पर्यटन र व्यापार समृद्ध बाजुरा का लागि विकासको आधार” भन्ने नारा रहेको पत्रकार सम्मेलनमा उद्योग बाणिज्य सघं बाजुराले बताएको छ । महोत्सवको उद्देश्यहरुमा नौ वटा स्थानीय तहमा उत्पादित दैनिक उपभोग्य खाद्यान्न तरकारी एवम् घरेलु उद्योग बाट उत्पादित वस्तुहरुको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने । प्रदर्शनीबाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने, कृषि क्षेत्र र जडिबुटी पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लगायतका उदेश्य रहेको बताइएको छ । यसै गरी उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने, जिल्लमा लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना तथा प्रबद्र्धनमा सहयोग पुर्याउने पनी रहेको छ । सम्रग बाजुरालाई चिनाउन शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा भएका गतिविधि , बडिमालिका, बुढीनन्दा, नाटेश्वरी, छेडेदह, कालाजग्रा लगायतका अन्य पर्यटन गन्तव्य स्थलका रुपमा स्थापित गरी रोजगारीका अवसरहरु सृजना गर्ने । लगायतको उदेश्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त लोक, आधुनिक, पप तथा हाँस्य, कलाकारहरु वाट दैनिक साँस्कृतिक प्रस्तुती, राष्ट्रिय कलाकारका प्रस्तुती लगायतका कार्यक्रम रहने बताएको छ । स्थानिय सांस्कृतीक कार्यक्रम भूवा पर्व, हुड्क्यौली, गौरा, भोटे सेलो, देउडा, हरिनु लगायत का स्थानिय सांस्कृतीक झाकीहरु समेत पर्दशनी गरिने बताएको छ । औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा विक्री गर्न १ सय ५ ओटा स्टल रहने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार