• होमपेज
  • प्रवास
  • गैर आवासीय नेपाली संघले यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने

गैर आवासीय नेपाली संघले यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने

  • आइतवार, चैत्र १७, २०७५
गैर आवासीय नेपाली संघले यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने

गैर आवासीय नेपाली संघले नेपालको पूर्वाधार विकासमा यसै वर्ष १० अर्ब भन्दाबढी लगानी गर्ने भएको छ । उसले सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने घोषणा गरेको हो । काठमाडाैँमा सम्पन्न लगानी सम्मेलनमा एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार