शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • बडीमालिका खबरका पोष्ट सम्पादक विक सम्मानित

बडीमालिका खबरका पोष्ट सम्पादक विक सम्मानित

  • शनिबार, चैत्र १६, २०७५
बडीमालिका खबरका पोष्ट सम्पादक विक सम्मानित

बडीमालिका खबर  बाजुरा १६ चैत्र ।  नेपाल पत्रकार महाससंघ बाजुरा शाखाले प्रत्येक वर्ष महासंघको स्थापना दिवसमा प्रदान गर्दै आएको वर्ष पत्रकारीता पुरस्कार २०७५ मा बडीमालिका खबर डटकमका पोष्ट सम्पादक पत्रकार मदन प्रदान गरेकोे छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ६४ औ स्थापना दिवसको अवसरमा यस वर्षको वर्ष पत्रकारीता पुरस्कार २०७५ मा विकलाई ११ हजार १ सय ११ नगद रकम र दोसल्ला सहित सम्मान गरेको हो ।

पत्रकार महासंघ जिल्ला शाखा बाजुराले २०७५ साल भरिमा पत्रकारीताको माद्यमबाट बाजुरा जिल्लाको समग्र विकासमा कलम चलाएर पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।
पत्रकार विक बाजुरामा बडीमालिका खबर डटकमा समाचार लेखन अनलाईनमा पोष्ट, डिजायन गर्ने काम गरिरहेका छन् । विक २०६९ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेर जिल्लाको विकासका सवालमा कलम चलाउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार