शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघले असायलाई राहात बितरण गर्दै मनायो दिवस

पत्रकार महासंघले असायलाई राहात बितरण गर्दै मनायो दिवस

  • शनिबार, चैत्र १६, २०७५
पत्रकार महासंघले असायलाई राहात बितरण गर्दै मनायो दिवस

पदम सिंह
बाजुरा १६ चैत्र
नेपाल पत्रकार महासघको स्थापना दिवसको अवसर पारी बाजुरा शाखाले दुई असाय परिवारलाई खाद्यन्न बितरण गरेको छ । साथै पत्रकार मदन बिक, प्रमुख जिल्ला अधिकारी चेत्तराज बराल र नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितलाई ६४ औ सथापना दिवसको अवसर पारी सम्मान गरेको छ ।
बडिमालिका नगरपालिका ९ का कृष्ण चँदारा परिवारका अभिवाक हुन । उनका दुवै हात चल्दैन तर उनमा आश्रीत पाँच जनाको परिवार छ । ७० वर्षिया बजै, विद्युवा भाउजु र एक भतिजो अनि आफ्नो श्रीमती र एक छोरा रहेका छन् ।
सोही वडाकी बास्मती थापा दृष्टि बिहिन हुन उनका श्रीमान मानसिक रुपमा ठीक छैन उनी श्रीमानसंगै माईतीमा बस्तै आएकी छन् । उनका श्रीमानको घर साविकको गोत्री गाविसमा पर्दछ । दुवै असाय परिवारलाई केही राहात पुगोस भन्ने उद्देश्यले पचास किलो चामल र नुन तेल, दाल दिएको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बाजुरा जिल्लामा कार्यरत हुदै गर्दा बाजुराको विकास निर्माण र शान्ति सुरक्षाको बाजुरा जिल्लाले प्रत्यभूती दिने गरि असल प्रमुखको भूमीका निर्बाह गरेको भन्दै सम्मान गरिएको छ । त्यस्तै नागरिक अगुवा डा. सुन्दरमणी दिक्षितले बाजुराका केही गरिव असायको लागी आर्थिक सहयोग गरि विरामीहरुको उपचारमा सहयोग भन्दै सम्मान गरिएको छ ।
स्थापनाकै अवसरपारि माउन्टेन टेलिभिजनका बाजुरा समचार दाता मदन विकलाई बाजुरा शाखाले बर्ष पत्रकारीता पुरुषकार मार्फत सम्मान गरेको छ । बिकलाई ११ हजार १ सय ११ नगद सहित सम्मान गरेको शाखाका अध्यक्ष प्रकाश सिंहले वताएका छन् । बाजुरा जिल्लाबबाट संचालित रेडियोहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
स्थापना दिवसको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बाजुराको पत्रकारीताले बाजुरालाई गौरबाम्वावित बनाएको वताएका छन् । सदरमुकाममा रहेको नगरपालिका भएकोले जिल्लामा हुने संरचना यसै नगरपालिकामा हुने भएको ले नेपाल पत्रकार महासघ जिल्ला शाखाको जग्गा खरिद र भवन निर्मामा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रत्तिबद्धता व्यक्ति गरे ।
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पत्रकारहरुको सकरात्मक सहयोगले जिल्लामा शान्ति अमन चैनमा सहज भएको बताए । त्यस्तै नेपाल कम्यूनिष्ट पार्टिका नेता गगन रावल र नेपाली काँग्रेशका नेता प्रकाश रावलले बाजुराको विकास र सत्य तत्थे समाचारमा साथ दिदै आएको र दिने प्रतिबद्धता ब्यक्त गरे । स्थापना दिवसमा प्रेश सगठनका पदम सिंह, प्रेश युनियनका अध्यक्ष प्रेम रौले, गैससका कृष्ण अधिकार पिसवीन बाजुरका धर्म रोकाया लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । समारोहको अध्यक्षता नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाअध्यक्ष नन्दा थापा र संचालन सचिव प्रेम विकले गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार