बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • हिमाली
  • बिच्छँयामा खाद्यन्न विक्रि केन्द्र स्थापनाका लागि पहल

बिच्छँयामा खाद्यन्न विक्रि केन्द्र स्थापनाका लागि पहल

  • शनिबार, चैत्र १६, २०७५
बिच्छँयामा खाद्यन्न विक्रि केन्द्र स्थापनाका लागि पहल

बडिमालिका समचार
बाजुरा, १६ चैत
जिल्लाको सर्वाधिक टाढा रहेको हिमाली गाउँपालिकाको १ विच्छँयामा खाद्यन्न विक्रि केन्द्रको स्थापनाका लागि पहल भएको छ । जिल्ला खाद्य व्यवस्था समिति बाजुराको बैठकले उक्त स्थानमा खाद्यन्न विक्री केन्द्र खोली विक्री वितरण लागि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाण्डौ र नेपाल खाद्य संस्थान धनगढी लाई अनुरोध गरेको छ ।
हिमाली गाउँपालिकाको १, २ र ३ का स्थानीयहरुको पाईक पर्ने गरी वडा नं. १ विच्छ्याँमा खाद्यन्न डिपो खोली विक्रि केन्द्र स्थापना गर्नका लागि माग गरेर मन्त्रालयमा पठाएको जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् । सदरमुकाम मार्तडीबाट झण्डै ४० कोष टाढा रहेको विच्छ्याँमा हालसम्म पनि यातायातको पहूँच पुगेको छैन । जसका कारण त्यहाँका स्थानीयहरुले वर्षेनी खाद्य संकट भोग्न बाध्य भएका छन् ।
बिच्छँया डिपो स्थापनाका लागि प्रदेश र केन्द्रिय दुबै सरकार सँग पहल गरीरहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । जिल्लामा पहलका लागि भएको निर्णयले स्थापना हुनमा अझै सहयोग पुग्ने मल्लले वताएका छन् । उत्पादन कम हुने र भौगोलिक बिकटता निकै टाढा रहेको उनले वताए । वडा नम्बर १, २ र ३ बिच्छँयामा करिब ४ हजार जनसख्या रहेको छ ।
अहिले खाद्य संस्थानको डिपो दुई दिन सम्म लाग्ने हिमाली गाँउपालिकाको ५ कवाडीमा रहेको छ । त्यहाँ पनि समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकाको कवाडीमा रहेको खाद्यन्न डिपोको विक्रि केन्द्रमा एक महिनादेखि खाद्य सकंट भएको हिमाली गाँउपालिका ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार