बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सुहानाको रोजाइमा कृष्णभक्त र भेजिटेरियन केटा !

सुहानाको रोजाइमा कृष्णभक्त र भेजिटेरियन केटा !

  • शनिबार, चैत्र १६, २०७५
सुहानाको रोजाइमा कृष्णभक्त र भेजिटेरियन केटा !

यतिबेला सुहाना थापा चर्चामा छिन् । फिल्म ‘ए मेरो हजुर–३’ को कारणले उनी मिडियाको चारै तिर छाउन सफल भएकी हुन् । यो उनको डेब्यु फिल्म हो । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्ममा उनले अहिलेका स्टार अनमोल केसीसँग रोमान्स गरेकी छन् । अनमोलसँग काम गर्दा निकै सहज महशुस भएको उनी बताउँछिन् । यो फिल्मका निर्देशक झरना उनकी आमा र निर्माता सुनिल उनको बुबा हुन् । फिल्म होम प्रोडक्सनमा बनेकोले पनि सजिलै डेब्यु गर्ने अवसर मिलेको सुहानाको भनाई रहेको छ । सुन्दरतामात्र नभएर सुहानाको नरम बोली अर्काे आकर्षक पक्ष हो ।

पहाड र सामुन्द्री किनारमा घुम्न रुचाउने उनको अब फिल्ममा तराईको नारीको भूमिका निर्वाह गर्ने इच्छा छ । उनको मनपर्ने हिरो प्रदीप खड्का र आर्शिमान देशराज जोशी हुन् । अबको दिनमा यी दुबैसँग स्क्रिन शेयर गर्न मन लागेको उनी बताउँछिन् । नवअभिनेत्री सुहानासँग रातोपाटीको दश प्रश्न ।

डेब्यु फिल्म होम प्रोडक्सनकै भएकोले सजिलो भयो होला हैन ?

– आमा र बुबाको यो क्षेत्रमा पहिलेदेखि नै ठूलो नाम छ । त्यो हिसाबले चिनिन त सजिलो हँुदो रहेछ । तर, उहाँहरुको नाम यो क्षेत्रमा राम्रो भएकोले जोगाउन च्यालेन्जि पनि रहेछ । आफ्नो प्रोडक्सनमा काम गर्दा आमाबुबाको अगाडि बच्चा बनेर काम गर्न चाहीँ सजिलो भयो ।

अभिनय डेब्युका लागि अहिले सही समय हो त ?

– आफ्नै होम प्रोडक्सनको ‘ए मेरो हजुर २’ छायाँकन समयमा म मुस्ताङ गएको थिएँ । त्यसको प्रिमियरमा पनि सहभागी थिए । तर, बिस्तारै मेरो अभिनयतिर रुचि बढ्दै थियो । सो क्रममा केही मिडियाले अन्तवार्ता लिँदै कहिले डेब्यु गर्ने भनेर प्रश्न राखे । सो अन्तवार्ताको चर्चाले म अभिनयमा आउन चाहन्थे । आमाबुबाले पनि अभिनय गर्न हौस्याउनु भयो ।

फिटनेशमा कतिको ध्यान दिनुहुन्छ ?

– म धेरै अल्छी छु । तर आमाले मलाई धेरै एक्टिभ बनाउनु हुन्छ । त्यसैले फिटनेशका लागि म नियमित घरमै योगा गर्छु ।

फेसनतिर कत्तिको रुचि छ ?

– रुचि छ । तर भड्किलो फेसन गरेर हिँड्न मन लाग्दैन । मेरो मनपर्ने पहिरन कुर्ता सुरुवाल नै हो । म अरुको नजरमा आकर्षक र राम्रो पनि कुर्तामै देखिन्छु ।

मनपर्ने खाना ?

– पिज्जा धेरै मनपर्छ ।

सबैभन्दा खुसीको क्षण ?

– हरे कृष्णमा लागेर त्यसको बारेमा बुझेको दिन अहिलेसम्मकै खुसीको क्षण होला ।

पूरा नभएको सपना ?

बन्जी जम्प गर्ने मन छ ।

तपाईं आफूलाई कस्तो खालकी केटी भन्न रुचाउनुहुन्छ ?

– सिम्पल र लजालु खालकी छु । कोहीसँग झट्ट घुलमिल हुन सक्दिनँ । भेटघाट गर्नु छ भने त्यसका लागि मैले एक दुई दिन अगाडिदेखि प्रिपिएर गर्नुपर्छ ।

पहिलो फिल्म अनमोलसँग गर्नु भएको छ । अनमोल कस्तो लाग्छ ?

– अनमोल र मेरो नेचर उस्तै छ । त्यसैले फिल्मको वर्कसपमा पहिले पहिले अलिअलि समस्या भएको थियो । तर फिल्मको छायाँकनमा गएपछि भने सहज भयो । उनी सहयोगी छन् । नजानेको कुरा सिकाउने पनि रहेछन् ।

मनपर्ने केटा ? अग्लो, कृष्णको भक्त र भेजिटेरियन केटा मनपर्छ ।

चर्चामा

सम्बन्धित समाचार