• होमपेज
  • शिक्षा
  • एसईईको बाँकी सबै परीक्षा स्थगित, अब कहिलेदेखि हुने बाँकी परीक्षा ?

एसईईको बाँकी सबै परीक्षा स्थगित, अब कहिलेदेखि हुने बाँकी परीक्षा ?

  • शनिबार, चैत्र १६, २०७५
एसईईको बाँकी सबै परीक्षा स्थगित, अब कहिलेदेखि हुने बाँकी परीक्षा ?

    परीक्षा अगावै आउट हुनथालेपछि अर्को प्रश्नपत्र छपाएर मात्र परीक्षा सँचालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

प्रदेश नं. २ को विभिन्न जिल्लाहरुबाट चरणवद्ध रुपमा प्रश्नपत्र आउट हुन थालेपछि एसईईको बाँकी परीक्षा स्थगित गरिएको छ ।  प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बाँकी बसेका सबै विषयका परीक्षाहरु आउँदो चैत्त २२ गतेदेखि मात्र सँचालन गर्ने निर्देशन दिएका छन् । विभिन्न ठाउँबाट परीक्षा हुनु अगावै प्रश्नपत्र आउट हुन थालेपछि प्रदेश सरकारले बाँकी सबै विषयका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  प्रदेश नं. २ का शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बाँकीको सबै परीक्षा २१ गते चैत्तसम्मको लागि स्थगित गरिएको जानकारी दिएका छन् । उनले विभिन्न विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै आउट हुनथालेपछि अर्को प्रश्नपत्र छपाएर मात्र परीक्षा सँचालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

यो पनि पढनुहोस् : मधेश सरकारलाई बदनाम गर्न सुनुयोजित तरिकाले प्रश्पत्र आउट : मुख्यमन्त्री राउत 

पत्रकार स‌ग कुराकानी गर्दै निर्देशक शर्माले प्रदेशको विभिन्न जिल्लाहरुबाट सुनुयोजित तरिकाले प्रश्नपत्र आउट हुन थालेपछि यसबाट परीक्षा प्रभावित हुने जनाउँदै बाँकी सबै विषयको परीक्षा आगामी चैत्त २२ गतेदेखि मात्र सँचालन हुने बताए । उनले अँग्रेजी, नेपाली र गणित विषय बाहेकका विषयको परीक्षा २२ गतेदेखि सुचारु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार