• होमपेज
  • विचार/ब्लग
  • सरकार र सिके रावत बिचको सहमती बारे प्रदेश अध्यक्ष थापाकाे धारणा

सरकार र सिके रावत बिचको सहमती बारे प्रदेश अध्यक्ष थापाकाे धारणा

  • शुक्रबार, चैत्र १५, २०७५
सरकार र सिके रावत बिचको  सहमती बारे  प्रदेश अध्यक्ष थापाकाे धारणा

नेकपा सुदूर पश्चिम प्रदेश अध्यक्ष कर्ण  बहादुर थापाले सरकार र सिके रावतको पार्टी बीच भएको ११ बुँदे ससहमति कार्यान्वयनका बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नाे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले अाफ्नाे पाेष्ट मार्फत यस्ताे धारणा लेखेका छन् ।

सरकार र सिके रावतको पार्टी बीच भएको ११ बुँदे ससहमति कार्यान्वयन भई उनको पार्टीको नाम नै परिवर्तन भई सब्दा पनि उक्त सहमितलाई गलत सावित गर्न केही मानिससहरुले अहिले सम्म पनि कुतर्क गर्न नछोडेको देख्दा आग्रहले मानिसलाई कति अन्धो बनाउदो रहेछ भन्ने पुष्टि गरेको छ । ११ बुदे सहमतिमा प्रयोग भएको भाषा पूर्णत संविधानमा उल्लेखित प्रावधान बमोजिम नै छ । विरोधलाई नै आफ्नो कर्तव्य सम्झनेहरुले स्वशाशन भन्ने शव्द संविधान नै नभएको भनेर प्रचार गरेको पनि सुनियो । हरौ ११ बुदे ४ नं र संविधानको प्रस्तावनाको व्यवस्था । बुदा नं ४ मा यस्तो लेखिएको छ, समाजिक न्याय, समानता र सदभाव हाम्रो सझा उद्धेश्य हो । हामी तराई मधेश लगायत समग्र राष्टका जनतालाई आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई मधेश लगायतको विकासलाई दृत गतिमा अगाडि बढाउन प्रतिवद्ध छौ । त्यसै गरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौमअधिकार, स्वायत्तता र स्वशाशनको अधिकारलाई आत्मसात गर्न र तराई मधेश लगायत समग्र देशमा सुशाशन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौ । त्यसैगरी नेपालको संविधान २०७२ को प्रस्तावनामा यस्तो लेखिएको छ, हामी सर्वभौमसत्तासम्पन्न नेपाली जनता;नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,
स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता रस्वशासनको अधिकारलाई आत्मसात्गर्दै; भन्ने शव्दावलीको प्रयोग भएको छ । संविधानको प्रस्तावनाको पहिलो हरफमै भएको स्वशाशन भन्ने शव्दावली सहमतिमा मात्रै आयो भनेर हल्ला गर्ने व्यक्ति कति झुटको खेती गरिरहेक छन् भन्ने कुरा स्पष्ट भएन र ?

चर्चामा

सम्बन्धित समाचार