शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जनता आवासले ८४ दलित परिवारको घर निर्माण गर्ने

जनता आवासले ८४ दलित परिवारको घर निर्माण गर्ने

  • शुक्रबार, चैत्र १५, २०७५
जनता आवासले ८४ दलित परिवारको घर निर्माण गर्ने

प्रेम रौले, बाजुरा १५,चैत
बाजुरा जिल्लाका दुई निर्वाचन क्षेत्रका दलित परिवारमा जनता आवासका कार्यक्रम संचालन हुने भएको छ । निर्वाचन क्षेत्र १ र २ मा रहेका ८४ दलित परिवारलाई घर निर्माण गर्न आर्थिक सहयोग गरिने जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।  दलित वस्तीका लागि जनता आवास कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ बाट लागु गरिएको हो । जनता आवास कार्यक्रमले यो वर्ष पनि उक्त ८४ दलित परिवारका घर निर्माण गर्ने भएको हो ।
जनता आवास कार्यक्रममा कार्यविधि २०७५ का अनुसार जमिन नभएका र दलित परिवार र विपन्नताको स्तर झन गहिरो र पिडादायी हुने भएकाले उक्त कार्यक्रम लागु गरिएको सहरी तथा भवन निर्माण कार्यालय डोटीले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण कार्यालयमा आवेदन दिएका निर्वाचन क्षेत्रका १ का ६० परिवार र निर्वाचन क्षेत्र २ का ४४ जनाले दिएको निवेदनका आधारमा उनीहरुको निवेदनको मुल्याङ्कन गरी हाललाई १ निर्वाचन क्षेत्रकाट ५० परिवार र २ बाट ३४ परिवारलाई छनोट गरिएको जिल्ला समन्वय समिति बाजुराका समन्वय अधिकारी हिक्मत बहादुर थापाले जानकारी दिएका छन् ।
उहाँले दिएको जानकारी अनुसार दुवै निर्वाचन क्षेत्रका निर्वाचित सांसद तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह र निर्वाचन क्षेत्र २ का सांसद बलदेव रेग्मीको रोहबरमा ८४ परिवार छनोट गरिएको बताएका छन् ।
जनता आवास कार्यक्रम आर्थिक वर्ष ०७३÷०७४ बाट जिल्लामा संचालन भएको बताइएको छ । जनता आवास कार्यक्रमले जिल्लामा दतिल बस्तीमा रहेका विपन्न,गरिव,टुहुरा र एकल महिलाहरु छनोट घर निर्माण कार्य गर्दै आएको छ ।
यो वर्ष घर निर्माणका लागि एक करोड सात लाख ९५ हजार रकम छुट्याइएको छ । जनता आवास कार्यक्रममा निवेदन परेका तर यो पटक छनोटमा नपरेका २० परिवार प्रतिक्षा सुचीमा राखिएका छन् ।
जिल्लामा लागु भएको उक्त कार्यक्रमले दुई सय घर क्रमागत रुपमा निर्माण गर्न लागेको हो ।
सो कार्यक्रम निर्वाचन क्षेत्र २ को त्रिवेणी नगरपालिका साविकको छतारा गाविस,बुढीगंगा नगरपालिकाको साविक बाह्रविस गाविस र खप्तड छेडेदह गाउँपालिकाकाको साविक डोगडी गाविस गरी ३४ दलित परिवार छनोट गरिएको निर्वाचन क्षेत्र २ का सांसद तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए ।
यस्तै निर्वाचन क्षेत्र १ को हिमाली गाउँपालिका साविकको रुगिन र बाँधु र जगन्नाथ गाउँपालिका साविकको गोत्री गाविस गरी ५० परिवार छनोटमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुराका लागि एक करोड सात लाख ९५ हजार रकम छुट्याइएको छ । अछामका लागि एक सय आवासका निर्माणका लागि तिन करोड ६ लाख ४३ हजार रकम विजिनयोजन गरिएको छ ।
यस्तै डोटी जिल्लामा क्रमागत रुपमा रहेका ३४९आवास निर्माणका लागि दुई करोड ७० लाख ६४ हजार बजेट रहेको सहरी विकास तथा भवन निर्माण विभागका निमित्त कार्यालय प्रमुख राजलाल शाहले बताएका छन् ।
यस्तै डडेल्धुराकाका ३९२ आवास निर्माण गर्न तिन करोड ३८ लाख ९१ हजार गरी सात करोड ५३ लाख ९३ हजार रहेको छुट्याइएको भवन निर्माण कार्यालयका निमित्त प्रमुख शाहले बडीमालिका खवरलाई बताए ।
उक्त प्रदेशका पाँच जिल्लामा संचालन हुदै आएको जनता आवास कार्र्यक्रम प्रदेश सरकारको सांसदको रोहबरमा दलित बस्तीका परिवारलाई छनोट गर्न जनता आवास कार्यक्रम कार्यान्वय कार्य विधी २०७५ को दफा १४(१) बमोजिम दलित परिवार छनोट गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार