बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • हतियार कारखानामा प्रहरीको छापा-हतियारसहित एक जना पक्राउ

हतियार कारखानामा प्रहरीको छापा-हतियारसहित एक जना पक्राउ

  • शुक्रबार, चैत्र १५, २०७५
हतियार कारखानामा प्रहरीको छापा-हतियारसहित एक जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज–५ डिएसपी रोडमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश नम्वर ५ प्रहरी अनुसन्धान टोली र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले जंगबहादुर नेपालीले सञ्चालन गरेको हतियार बनाउने कारखानामा आज विहान १० बजेतिर छापा मारेको हो ।

प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर राख्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिंग ३ थान, बाकस, आरन लगायतका सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिनुभयो । नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार