शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • रबिन्द्र अधिकारीको स्मृतिमा स्वबियु बाजुरा क्याम्पसले गर्यो सरसफाइ

रबिन्द्र अधिकारीको स्मृतिमा स्वबियु बाजुरा क्याम्पसले गर्यो सरसफाइ

  • शुक्रबार, चैत्र १५, २०७५
रबिन्द्र अधिकारीको स्मृतिमा स्वबियु बाजुरा क्याम्पसले गर्यो सरसफाइ

बडीमालिका खवर, बाजुरा १५ चैत्र
बाजुरा क्याम्पसको स्वतन्त्र बिद्यार्थी यूनियनले आज सरसफाई कार्यक्रम गरेको छ । त्रिभुवन बिश्वबिद्धालयका पुर्ब स्वबियु सभापति तथा सस्कृती प्रयटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीको ४५ दिनको पुण्य तिथिको अबसरमा सरसफाई अभियान गरिएको हो । बाजुरा क्याम्पसका स्वबियू सभापती चेतन ऐडीको नेतृत्वमा सरसफाई अभियान संचालन गरिएको बताएको छ । स्वतन्त्र बिध्यार्थी युनियन बाजुरा क्याम्पस द्वारा बाजुरा क्याम्पसको हाता भित्र सरसफाई गरिएको स्वतन्त्र बिध्यार्थी युनियन बाजुरा क्याम्पस बाजुराका सभापती चेतन ऐडीले बताएका छन् ।


स्वबियू सभापती ऐडीका अनुसार त्रिभिवुन बिस्व बिद्यालय स्ववियू ले गरेको परिपत्र अनुसार जिल्लामा बिभिन्न कार्यक्रम गर्ने भन्ने निर्देशनका आधारमा जिल्लामा रहेको बाजुरा क्याम्पस हाता भित्र सरसफाई गरिएको बताए । यसै गरि आउदो आईतबार जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीका लागी फलफुल बितरण पनि गर्ने स्वाबियू सभापती ऐडीले बताएका छन ।

आज बाजुरा क्याम्पस बाजुरामा गरिएको सरसफाई अभियान क्याम्पस चिप सुरेश पण्डित, लगायत बाजुरा क्याम्पस बाजुराका प्राध्यापक, बाजुरा क्याम्पसका बिद्यार्थी र स्वबियूका पदाधिकारी लगायतको उपस्थितीमा कार्यक्रम गरिएको बाजुरा क्याम्पसले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार