मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईई: प्रश्‍नपत्र बाहिरिएपछि सामाजिक विषयको परीक्षा रद्ध

एसईई: प्रश्‍नपत्र बाहिरिएपछि सामाजिक विषयको परीक्षा रद्ध

  • शुक्रबार, चैत्र १५, २०७५
एसईई: प्रश्‍नपत्र बाहिरिएपछि सामाजिक विषयको परीक्षा रद्ध

चैत १५, काठमाडौँ – जारी एसईई अन्तर्गत प्रदेश २ मा ‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्‍नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्मा प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् । प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजको परीक्षा स्थगित गरिएको शर्माले जानकारी दिए ।

आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको उनले बताए । विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको थियो ।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार