बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • SEE : आज हुने समाजिक विषयको प्रश्नपत्र पनि आउट, परीक्षा रद्द हुन्छ की हुदैन ?

SEE : आज हुने समाजिक विषयको प्रश्नपत्र पनि आउट, परीक्षा रद्द हुन्छ की हुदैन ?

  • शुक्रबार, चैत्र १५, २०७५
SEE : आज हुने समाजिक विषयको प्रश्नपत्र पनि आउट, परीक्षा रद्द हुन्छ की हुदैन ?

आईतबारदेखि सँचालन भएको माध्यमिक तहको परीक्षा एसईई २०७५ को समाजिक विषयको प्रश्नपत्र पनि आउट भएको छ । एसइई अन्तर्गत आज शुक्रबार विहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको पश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको पश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश २ भरिको ८ वटै जिल्लाको परीक्षा रद्द गरिएको हो  . आज (शुक्रबार) हुने समाजिक विषयको पश्नपत्र समाजिक सञ्जालहरुमा छयापछयापी पोष्ट गरिएको देखिएको छ । यो प्रश्नपत्र ग्रामिण भेकको कुनै विद्यालयबाट आउट भएको बुझिए पनि त्यसको अधिकारीक पुष्टि भने अझ हुन सकेको छैनन् । सप्तरी र सिरहाबाट विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि चौथो दिनको परीक्षा रद्द गरी पुनः परीक्षा लिइने भएको छ ।

यो पनि पढनुहोस् : एसईई परीक्षा : प्रदेश २ को आठै जिल्लाको परीक्षा रद्द ,अब कहिले हुने ?

यस विषयमा प्रदेश नं. २ का शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्मासँग सम्पर्क गर्दा उनले प्रश्न पत्र सही वा फेक हो भन्ने बारे अहिले पुष्टि हुन नसकेको बताए । उनले राष्ट्रिय परीक्षा बोर्डको मेम्बरबाट पुष्टि गरिएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिए । “प्रश्नपत्र आउट भएको भनिएको छ तर त्यो प्रश्नपत्र सही वा की फेक हो भन्नेबारे अहिले अपुष्ट छ, अब राष्ट्रिय परीक्षा बोर्डको मेम्बर र हाम्रो अनुगमन समितिले यसको बारेमा छानबिन गर्नेछ, छानबिनपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि परीक्षा रद्द हुनेछ ।”- उनले भने । प्रश्नपत्र पनि परीक्षा अगावै आउट भएको पुष्टि हुन गएको खण्डमा परीक्षा रद्द हुन सक्ने अनुमान गरिएको छ । यसअघि नेपाली विषयको प्रश्नपत्र पनि रौतहटकै एक परीक्षाकेन्द्रबाट बाहिरिएको थियो । परीक्षार्थीहरुलाई परीक्षा हलमा मोबाईल पूर्ण प्रतिवन्ध लगाएपनि विद्यालयकै नीरिक्षक वा अन्य कर्मचारीले प्रश्नपत्र आउट गर्ने गरेको देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार