बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाँझो जमिन उपभोगमा ल्याईदै

बाँझो जमिन उपभोगमा ल्याईदै

  • बिहिबार, चैत्र १४, २०७५
बाँझो जमिन उपभोगमा ल्याईदै

मदन वि.क.,बाजुरा १४ चैत्र
वर्षौदेखि खडेरी कारण बाँझै रहेको स्वामीकार्तिक खापर गाउँपालिका वाईको सुईजिउलामा रहेको पुरै खेतियोग्य जमिनलाई उपभोगमा ल्याईने भएको छ ।
स्वामीकार्तिक गाउँपालिकामा संचालन भएको दिगो कृषि उत्थानका लागि आकासे पानी संकलन परियोजनाले सो क्षेत्रमा रहेको बाँझो जमिन उपभोग गर्नका लागि आकासे पानी संकलन गर्न सिंचाई ट्याकी निर्माण गरेपछि बाँझो जमिनलाई उपभोगमा ल्याईने भएको हो ।
स्वामिकार्तिक खापर गाउँपालिमा आईएन एफ शाखा कार्यालय बाजुराले संचालन गरेको सो परियोजनाले वर्षौ देखि खडेरीका कारण बाँझो रहेको खेतीयोग्य जमिनलाई उपभोग गराई स्थानीयहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्य लिएको छ ।
दिगो कृषि उत्थानका लागि आकासे पानी संकलन परियोजनाले स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका समुदायहरुको कृषि तथा जिविकोपार्जनमा सूधार ल्याउने लक्ष्यका साथ २०७५ बैशाख महिनाबाट एक वर्षका लागि परियोजना संचालन गरेको थियो ।


आईएन एफले संचालन गरेको सो परियोजनाले सो क्षेत्रमा कृषि, जलश्रोत, सहकारी स्थानीयको जिविकोपार्जन, आकासे पानी संकलन, सिंचाई ट्याँकी निर्माण, वृक्षारोपण र बाँझो रहेको जमिनलाई उपभोग गराउनका लाथि सो ठाँउमा एक वर्षदेखि कार्यक्रम संचालन गर्दै आएको आईएन एफ नेपाल स्वामीकार्तिक खापर गाउँपालिकाका टिम लिडर रुपबहादुर मल्लले बताएका छन् ।
आईएन एफ नेपालले बाजुरामा ६ वर्षदेखि आफ्नो कार्यक्षेत्र भित्र रहेका समुदायहरुको संघ संस्थामा सकारात्मक परिवर्तनका लागि समुदायलाई जिम्मेवारी दिन, सुधारिएको स्वास्थ्य गुणस्तरीय जीवन दिगो जिविकोपार्जनको लक्ष्यका साथ कार्यक्रम संचालन गरिरहेका आईएन एफ बाजुराका प्राविधिक तिलक भण्डारीले बताएका छन् ।
वर्षौदेखि खेतीयोग्य जमिनलाई उपभोग गर्न नपाएका कृषकहरु यति खेर बाँझो जमिन उपभोग गर्न पाईने भएपछि खुसी भएका छन् । आईएन एफ नामक संस्थाले हाम्रो क्षेत्रमा सिंचाई ट्याँकी निर्माण गरेपछि बाँझो जमिन उपभोग गर्न सकिने भयो स्थानीय कृषक मैना जोशीले बताईन् ।
उनले भनिन् सिंचाई ट्याकीं बनेपछि खेतियोग्य जमिनमा आगामी वर्षबाट पुरै खेतमा गहुँ, कोदो, मकै, आलु, तरकारी बाली, जौ लगाउने बताईन् ।
बाँझो रहेको खेतियोग्य जमिनमा सिंचाई सुविधा हुने भएपछि १ सय ९५ बढी स्थानीय कृषकहरुले खेतियोग्य जमिनमा पदम खेती कागती, तरकारी, उन्नत जाताका बालीहरु लगाउने स्थानीय कृषक रंग बुढाले बताए ।
हिमाली गाँउपालिकाको वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेती योग्य जमिन ५ बर्षदेखि पुरै बाँझो रहेको थियो । यस अघि गाँउका सबै परिवारलाई गुजरा चलानउ त्यही जिउलोबाट खाद्यन्न उत्पादन हुने गरेको थियो ।
खडेरीका कारण जिल्लाको उत्पादन क्षेत्रका रुपमा चिनिने हिमाली गाँउपालिको धिम, फैती, बोर्ता, स्वामिकार्तिक खापर गाँउपालिको वाई, साप्पाटा, जुकोट गाँउमा रहेका जग्गा पुरै बाँझो रहेका छन् । बाजुराको उत्तरी क्षेत्रमा लामो समय देखी खडेरीका कारण अन्नवाली उत्पादनमा निकै ह्रास आएको छ ।
खडेरीकै कारण सो क्षेत्रका स्थानीयहरुले वर्षेनी खाद्य संकट भोगिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार