शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईई : प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

एसईई : प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

  • बिहिबार, चैत्र १४, २०७५
एसईई : प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

काठमाडौँ १४ चैत्र— प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले जनाए। ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकेका छौं,’ उनले भने। बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न ४ सदस्यीय टोली गठन गरेको छ।

बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ। प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार