बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रवास
  • दुई बस एक आपसमा ठोक्किँदा ६० जनाको मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा ६० जनाको मृत्यु

  • बिहिबार, चैत्र १४, २०७५
दुई बस एक आपसमा ठोक्किँदा ६० जनाको मृत्यु

कारकास- दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिनुभयो । “दुर्घटनामा पनि कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टी भएको छ, एक आपसमा ठोक्किएका बस मध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ,” उहाँले भन्नुभयो । एक आपसमा ठोक्किएका बेला दुवै बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् ।किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मध्ये अधिकांशको टाउकोसहित शरिरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्गमा पोलिएको छ । “घाइते भएर उपचार गराइरहेका २८ जना मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ,” उहाँले
भन्नुभयो । स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो

चर्चामा

सम्बन्धित समाचार