शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अर्बपती हुन् बिजेपीकी सांसद हेमा मालिनी, ५ वर्षमा बढ्यो ५४ करोड सम्पत्ति

अर्बपती हुन् बिजेपीकी सांसद हेमा मालिनी, ५ वर्षमा बढ्यो ५४ करोड सम्पत्ति

  • बिहिबार, चैत्र १४, २०७५
अर्बपती हुन् बिजेपीकी सांसद हेमा मालिनी, ५ वर्षमा बढ्यो ५४ करोड सम्पत्ति

अभिनयबाट राजनीतिमा प्रवेश गरेकी हेमा मालिनी युपीबाट लोकसभा चुनावका लागि मथुराबाट बिजेपीकी उम्मेद्वार बनेकी छिन् । हेमा मालिनी मथुराबाटै सांसद भएकी हुन् । आफ्नो उम्मेद्वारी दर्ता गर्नेबेला उनले आफ्नो सम्पत्ति १०१ करोड भारु लेखेकी छिन् ।

शपथपत्रका अनुसार पछिल्लो पाँच वर्षमा उनको सम्पत्ति ३४ करोड भारु (अर्थात् ५४ करोड रुपैयाँ) बढेको छ । शपथ पत्रका अनुसार हेमा मालिनी १०१ करोड भारुकी मालिक्नी हुन् । हेमा मालिनीको स्वअर्जित सम्पत्तीको कूल मूल्य एक अर्ब एक करोड, ११ लाख, ९५ हजार तीन सय भारु हो । जबकी उनको बैंक खातामा जम्मा, नगद र गरगहना १३ करोड २२ लाख ९६ हजार ९४५ भारुको छ । सन् २०१४ मा हेमाको सम्पत्ति ६६ करोड भारु थियो ।

शपथ पत्रका अनुसार उनका जीवनसाथी धमेन्द्र सिंह देओलको सम्पत्ति पछिल्लो पाँच वर्षमा भारु १२.३० करोडको वृद्धि भएको छ ।

शपथपत्रका अनुसार आयकर विभागलाई बुझाएको रकम अनुसार हेमा मालिनी र धर्मेन्द्रको संयुक्त सम्पत्ति पछिल्लो पाँच वर्षमा हरेक वर्ष १० करोड भारुले वृद्धि भइरहेको छ । पछिल्लो पाँच वर्षमा उनीहरुले ९.८७ करोड भारु सम्पत्ति आर्जन गरेका छन् जबकी यो क्रममा उनका श्रीमान् धर्मेन्द्रले ९.३७ करोड भारुको सम्पत्ति आर्जन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार