बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको मोदीको घोषणा

भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको मोदीको घोषणा

  • बुधबार, चैत्र १३, २०७५
भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको मोदीको घोषणा

१३ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्वोधन गर्दै भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् । उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरे ।

सम्वोधनमा मोदीले भने, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’ उनले अन्तरिक्षमा ३०० किलोमिटर टाढा लो-अर्बिट स्याटेलाइटलाई खसाएको पनि बताएका छन् । मोदीका अनुसार यो एउटा पूर्वनिर्धारित लक्ष्य थियो र तीन मिनेटभित्र सफल भएको थियो ।

उनले आफ्नो देशका वैज्ञानिकहरुलाई बधाई दिएका छन् । ‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहम् हिस्सा बनेको छ । आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशकेा विकासमा योगदान दिइरहेका छन्,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार