शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ६२ वर्षसम्म नाम्लो बोक्दा बोक्दै थाप्लोमा डोब आयो तर सुख आएन

६२ वर्षसम्म नाम्लो बोक्दा बोक्दै थाप्लोमा डोब आयो तर सुख आएन

  • बुधबार, चैत्र १३, २०७५
६२ वर्षसम्म नाम्लो बोक्दा बोक्दै थाप्लोमा डोब आयो तर सुख आएन

थाप्लोमा नाम्लाको प्रस्ट डोब छ । नाम्लो अड्याउने अगाडि र पछाडिको भागमा मासुको डिल उठेको छ । जहाँ खाल्टो छ नाम्लो त्यहीँ राख्छन् । सधैं भारी अड्याउँदा पिठ्युँ अररो भएको छ ।

भारी बोक्दाबोक्दै ६२ वर्ष पुगे तर सिरिजंघा गाउँपालिका ४, थुम्बाका भक्तबहादुर लिम्बू थाकेका छैनन् । ९ वर्ष हुँदादेखि भारी बोक्न थालेका उनले ‘ट्रक’ को उपनाम पाएका छन् ।

यो नाम उनलाई पनि मन परेको छ । नाम प्रहरी निरीक्षक गोविन्द गुरुङले राखिदिएका हुन् । सबैभन्दा बढी प्रहरीको रासन बोकेका उनले उपनामको त्यही बेला पाएका थिए । फरक क्षमताका दुई सन्तानसहित ६ जनाको परिवार भारी बोकेरै पालिरहेका उनले ९ वर्ष हुँदा ढाकरमा तक्मा लगाएका थिए ।

भारत बिजनवारीमा पहिलोपटक भारी बोकाइ उनलाई अहिले पनि स्मरणमा छ । पहिलोपटक तेल्लोक ठानामा रहेको प्रहरीका लागि २० केजी चामल ल्याएका थिए । जोगबनी, सिलिगडी देखिको भारी खेपेका उनी अहिले भने आफ्नै गाउँपालीकामा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछन । सबैभन्दा धेरै उनले प्रहरीकै रासन बोकेका छन ।

भक्तबहादुरको पीडा भारी बोकेको पैसा नउठेकोमा छ । साँवा अक्षर नचिनेका उनलाई हिसाब भने कण्ठस्थ छ । ५६ हजार रुपैयाँ भारी बोकेको उठेन । उनका अनुसार सबैभन्दा बढी प्रहरीले तिरेनन् । तर हिसाब गोलमाल गर्ने प्रहरी कहाँ पुगे उनलाई पत्तो छैन ।

‘अर्को पाला आउँदा दिन्छौं भन्थे,’ उनले थपे, ‘आउँदा सरुवा भइसकेका हुन्थे, पसिना व्यर्थैमा गएकोमा चित्त दुख्छ ।’

जोगबनीबाट सामान ल्याउँदा १४ दिन लाग्थ्यो । बिजनबारीबाट ८ दिनमा ल्याइपुर्‍याउँथे । एक दिन परिवारसँग बस्यो, दोस्रो दिनको उज्यालो भुइँमा नखस्दै ढाकर बोकेर हिँडिहाल्थे । उनलाई पनि विदेश जाने जोस नचलेको होइन ।

प्रजातन्त्र आएपछि विदेश जाने क्रम सुरु भएको सम्झने भक्तबहादुर आफूजस्तै भारी बोक्ने धेरै साथीभाइ अन्यत्र कताकता पुगे पनि त्यही गोरेटे पछ्याइरहेका छन् ।

यत्तिका वर्ष भारी बोक्दा पनि सन्ततिका लागि दुई पैसा जम्मा गर्न नसकेकोमा भने उनलाई चिन्ता छ । कान्तिपुर दैनिकबाट

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

चर्चामा

सम्बन्धित समाचार