बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • विप्लवलाई सालीको पत्र, ‘भेना हतियार देखाएर नतर्साउनुहोस्, डर लाग्छ’ भन्दै यस्तो मार्मिक चिट्ठी लेखेपछि… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

विप्लवलाई सालीको पत्र, ‘भेना हतियार देखाएर नतर्साउनुहोस्, डर लाग्छ’ भन्दै यस्तो मार्मिक चिट्ठी लेखेपछि… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • बुधबार, चैत्र १३, २०७५
विप्लवलाई सालीको पत्र, ‘भेना हतियार देखाएर नतर्साउनुहोस्, डर लाग्छ’ भन्दै यस्तो मार्मिक चिट्ठी लेखेपछि… (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं – प्रतिबन्धित नेकपालाई एक समाजसेवीले मार्मिक पत्र लेखेकी छन् । समाजसेवी जुनु पुन मगरले अर्ध भूमिगत रहेका नेत्र बिक्रम चन्द ‘विप्लब’ लाई हतियार देखाएर सर्बसाधारण नतर्साउन अनुरोध गरेकी हुन् । सामाजिक सञ्जाल मार्फत उनले विप्लवलाई पत्र लेख्दै सेना, पुलिस र सर्बसाधारणलाई तार्गेट नगर्न अनुरोध गरेकी हुन् ।

विप्लवलाई भिनाजुको साईनो लगाउँदैं उनले यस्तो अनुरोध गरेकी हुन् । देशका बालबच्चाहरुको मनोबलमा असर पर्ने चिन्ता व्यक्त गर्दै वार्ताको टेबुलमा बसेर समस्याको समाधान खोज्न उनले विप्लवलाई सुझाव दिईन् ।

सरकार पक्षलाई पनि संयम बन्न आग्रह गर्दै दुई तिहाइ सरकारमा बस्ने नेतृत्वले दमनद्वारा नभई छिटै नै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् ।

राजनीतिक भागबण्डाको कारण फेरि देश युद्दतर्फ होमिने संकेत गर्दै आपसमा मिलेर सत्ताको रस खान आग्रह गरेकी छन् । ४५ जना द्वन्दपीडित तथा असाह्य, अबोध बालबालिकाहरुको पालनपोषण गर्दै आएकी जुनुले यस्तो आग्रह गरेकी हुन् ।

यस्तो छ पत्र:
नेत्र बिक्रम चन्द (बिप्लब) ठकुरी खान्दान भए पनि, आमा मगरनी हुन मगरनी कै कोखबाट जन्मनु भएको हो रे भन्ने सुन्छु । तपाईंको जिन्दगीलाई साथ दिने जीवन संगिनि पनि मगरनी नै हुन भन्ने सुन्छु । अब मैले भेनाजु साइनो लगाउदा हुन्छ कि नाइ !

सच्चा देशभक्त र यो देशको लागि केही गर्छु भनेर अगाडि बढ्नु भएको छ भने प्लिज भेनाजु सेना, पुलिस, अनि सर्ब साधारणलाई तार्गेट नगर्नु होला ।

सेना, पुलिस पनि नेपाली आमाकै छोराछोरी हुन । राज्य वा सत्तासीन ब्यक्तीलाई लक्ष्यित हो भने प्लिज टेबुलमै बसेर बार्ता गर्नुस । अहिले देश भर बच्चाहरुको परीक्षा चलिरहेको छ । बच्चाहरु पनि त्रसित छ्न । मनोबल गिराउने काम नगर्नु होला ।

साथै दुई तिहाइ सरकारमा बस्ने नेतृत्व ज्युहरुलाइ यो आग्रह छ कि, छिटै नै बार्तामा बार्गेनिङ गरेर अगाडि बढ्नुस । बरु तपाईंहरु नै मिलेर खानुस, दुखी गरिबहरु सत्तामा पुग्न नसक्नेहरुको लागि राज्यले ब्यबस्था गरेको छ एमआरपी, त्यही समातेर खाडी मुलुक पुगिने छ !

लौ बिप्लब भेनाजु, हिज पनि बन्दुक बोक्नु भएको हो, आज पनि बोक्दै हुनुहुन्छ, हतियार बिसाएर टेबुलमा मुट्की बजारनुस । यहिनै हाम्रो आग्रह छ, नतर्साउनुहोस ।

दैनिकीबाट

चर्चामा

सम्बन्धित समाचार