बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • समायोजन टार्न बहाना बनाइरहेको भन्दै मन्त्री लालबाबु पण्डित आक्रोशित

समायोजन टार्न बहाना बनाइरहेको भन्दै मन्त्री लालबाबु पण्डित आक्रोशित

  • मङ्लबार, चैत्र १२, २०७५
समायोजन टार्न बहाना बनाइरहेको भन्दै मन्त्री लालबाबु पण्डित आक्रोशित

काठमाडौं – संघीय संरचना अनुसार कर्मचारी समायोजन कार्य अगाडि बढाइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वास्थ्य सेवाको कर्मचारी समायोजनको विषय टाउको दुखई बनेको छ। गत शुक्रबार मात्र स्वास्थ्यको ११ औं तहको समायोजनको जिम्मा स्वास्थ्यलाई दिएको सामान्य प्रशासनलाई अहिले फेरि ४, ५, ६ र ७ औं तहको कर्मचारीको समायोजनमा समस्या उत्पन्न भएको छ। स्वास्थ्यका ४, ५, ६ र ७ औं तहका कर्मचारीलाई तहगत आधारमा समायोजन गर्ने प्रक्रिया अगाडि बढीरहेको समयमा फेरि पदका आधारमा पनि गर्नुपर्ने विषय आएपछि समस्या उत्पन्न भएको हो।

सुरुमा समान्य प्रशासनकै पहमा स्वास्थ्यका कर्मचारीलाई पदका आधारमा कर्मचारी समायोजन गर्ने तयारी भएको थियो। उक्त विषय मन्त्रीपरिषदले पास समेत गरेको थियो।

तर, स्वास्थ्यका केही समूहका कर्मचारीहरुले यो विषयमा विरोध गर्दै आन्दोलन गरेपछि स्वास्थ्यले त्यसलाई संशोधन गर्दै तहगत आधारमा समायोजन गर्ने निर्णय गराएको थियो।

अहिले तहगत आधारमा समायोजन प्रक्रिया अगाडि बढाउँदा स्वास्थ्यका धेरै स्थानमा समस्या उत्पन्न हुन लागेको भन्दै फेरि पदगत आधारमा गर्नुपर्ने कुरा आएको हो।

स्वास्थ्यले कर्मचारी समायोजनमा कहिले तहगत त कहिले पदगत भन्दै विवाद निकालेपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समेत रिसाएको मन्त्रालय स्रोत बताउँछ। मन्त्री पण्डितले स्वास्थ्यका कर्मचारीले समायोजन टार्न अनेक बहाना बनाइरहेको भन्दै आक्रोशित भएको एक कर्मचारीले जानकारी दिए।

स्वास्थ्यमा पदगत र तहगत आधारमा समायोजन गर्ने विषयमा एचए र सिअहेबबीच लामो समयदेखि विवाद हुँदै आइरहेको छ। शैक्षिक योग्यताका आधारमा पदगत रुपमा समायोजन हुनुपर्नेमा एचएहरुको माग छ भने तहगत आधारमा समायोजन गर्नुपर्ने विषय सिअहेवको माग छ।

यी विवादका कारण स्वास्थ्यका कर्मचारी समायोजनमा समेत समस्या सिर्जना भएको हो।

मन्त्रालयका प्रवक्ता मेहन्द्र श्रेष्ठले सबैलाई मान्य हुने गरी समायोजनका केही विषय मिलाउन खोजिएको बताए। उनले स्वास्थ्यमा समायोजन गर्दा विवाद नआउने गरी समाधान गर्न खोजिएको जानकारी दिए।

‘सबैलाई मान्य हुने गरी मिलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘सकेसम्म छिट्टै यो कुरा टुंगिन्छ।’

यो पनि पढौं : स्वास्थ्यको कर्मचारी समायोजन असफल : ११ औं तहको समायोजनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई नै

चर्चामा

सम्बन्धित समाचार