बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • शान्त लुवारको बयालपाटा अस्पतालमा उपचार हुँदै 

शान्त लुवारको बयालपाटा अस्पतालमा उपचार हुँदै 

  • मङ्लबार, चैत्र १२, २०७५
शान्त लुवारको बयालपाटा अस्पतालमा उपचार हुँदै 

बडीमालिका खबर
बाजुरा १२ चैत्र
आर्थिक अभावका कारण केहीदिन अघि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको शैयामा छट्पटाई रहेका हिमाली गाँउपालिका ६ का शान्त लुवारको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।
सामाजिक अभियान्ता तथा नेपाल पत्रकार महांसघ बाजुराका अध्यक्ष प्रकाश सिहले सामाजिक सञ्चालमा शान्त लवारको आर्थिक अवस्था र उपचार खर्चमा समस्या भएको भनेर सामाजिक संजालमा फोटोसहित शेयर गरेपछि शान्त लुवारका लागि सहयोग रकम जुटेको थियो । रकम जुटेपछि उनलाई बयलपाटा अस्पतालमा पठाइएको थियो ।


अहिले बयपलाटामा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. विकास गौचनले वताएका छन् । फोक्सोका संक्रमणका काराणले मुटुले काम गर्न छोडेकोले उनलाई इर्मेजेन्सीमा भर्ना गरेर उपचार भइरहेको गौचनले वताएका छन् । अस्पतालले बिरामीको सम्पुर्ण उपचार र एकजना कुरुवाको समेत खान बस्ने ब्यबस्थापन गरेको अस्पताले वताएको छ ।
गाँउलेले उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए । तर त्यहाँ उनको उपचार सम्भब नभएपछि आर्थिक अभाबमा उनि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमै रहनु परेको थियो । सामाजिक सञ्जालमा पत्रकार सिहले उहाँको अवस्था दर्शाए पछि सामाजिक संजाल मार्फत जुटेको रकम लिएर कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियो ।


आर्थिक अभावमा रहेका शान्त लुवारको उपचार यहाँ नभएर अछामको बयालपाटा अस्पताल लैजानु पर्ने स्वास्थ्यकर्मीले वताएका थिए । विरामी लुवारको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा गणेश चौधरीले बताए । शान्तलाई ८५ बर्षिय आमा नानिकला लुवारको बृद्वभत्ता बाफतको पैशाले कोल्टी सम्म पु¥याएका थिए ।
शान्तकी श्रीमती बञ्चि लुवारको आर्थिक अभावमा उपचार हुन नसकी गएको साउनमा मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको घरमा चारजना नावालक छोरा छोरी मात्र रहेका छन् । १४ बर्षकी कल्पना लुवार, १३ बर्षका पुष्पा लुवार, ७ बर्षका सुमना लुवार र २ बर्षिय अप्सरा लुवार रहेका छन् । बुवा लामो समय देखी बिरामी भएको र आमाको समेत मृत्यु भै सकेकाले उनीहरु अहिले विचल्लीमा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार