बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • हिमाली
  • गाउँपालिकाले बुझायो मन्त्री शाहलाई ८ बुधे ज्ञापनपत्र

गाउँपालिकाले बुझायो मन्त्री शाहलाई ८ बुधे ज्ञापनपत्र

  • मङ्लबार, चैत्र १२, २०७५
गाउँपालिकाले बुझायो मन्त्री शाहलाई ८ बुधे ज्ञापनपत्र

बडीमालिका खबर
बाजुरा १२ चैत्र
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई हिमाली गाउँपालिकाले ८ बुधे ज्ञापन पत्र बुझाएको छ ।
बाजुराको विकट ठाउँका रुपमा चिनिएको हिमाली गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका मन्त्री शाहलाई ८ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले सुदूरपश्चिम प्रदेशका मन्त्री शाहलाई गत शुक्रबार ८ बुँदे ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको सम्पूर्ण क्षेत्रको विकासमा चासो देखाउन माग गरेका छन् ।
जिल्लाका सबै स्थानीय तहहरु मध्ये हिमाली गाउँपालिका अतिनै दुर्गम र क्षेत्रफलको रुपमा निकै ठुला भएकाले संघ र प्रदेश सरकारबाट आगामी वर्षहरुमा विकास निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरि पहल गरिदिन मन्त्री शाहलाई गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले सेवा क्षेत्र भित्रका स्थानीयहरुका लागि धुलाचौरमा गाउँपालिकाको कार्यालय, १५ सैयाको अस्पताल, सामुदायिक स्वास्थ्य ईकाई, सडक निर्माण, सडकको स्तरउन्नति जलविद्युत लगायतका मागहरु राख्दै ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
गत चैत्र ७ गते कर्णाली करिडोर सडक संचालन कार्यक्रममा सहभागी हुनका  लागि पुर्वीउत्तरी क्षेत्रमा आएका मन्त्री शाहलाई हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले गाउँपालिका भित्रका समस्याहरुको अवस्थाका बारेमा ज्ञापन पत्र वुझाउँदै मन्त्री शाहलाई ध्यानाकर्षण गराएका थिए ।
सो ज्ञापनपत्र बुझ्दै मन्त्री शाहले हिमाली गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । उहाँले आगामी वर्षको बजेटमा हिमाली गाउँपालिकालाई विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार