शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • खेलकुद
  • भारतमा नेपाली युवा क्रिकेट टिम विजयी

भारतमा नेपाली युवा क्रिकेट टिम विजयी

  • मङ्लबार, चैत्र १२, २०७५
भारतमा नेपाली युवा क्रिकेट टिम विजयी

११ चैत्र, काठमाडौं – विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले जित हात पारेको छ ।

नेपाल यू–१९ टिमले भारतको आन्ध्रा यू–१९ टिमलाई १ विकेटले पराजित गरेको हो । आन्ध्राले दिएको २२८ रनको लक्ष्य नेपाली टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७१ रन बनाए । त्यस्तै, भीम सार्की भने अर्धशतक बनाउनबाट एक रनले चुके । उनले ४९ रन बनाएर आउट भए । पवन सर्राफले ३०, सन्दीप जोराले १९ र कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख भने १२ रनमा आउट भए ।

यसअघि आन्ध्राले टस जितेर निर्धारित ५० ओभर सकिन ५ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

आन्ध्राको लागि योगेनान्दले ५९ र नितेस कुमारले ५१ रन बनाएका थिए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले चार र पवन सर्राफले तीन विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार