शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दिशाको हट तस्वीरले बलिउडमा बवाल

दिशाको हट तस्वीरले बलिउडमा बवाल

  • मङ्लबार, चैत्र १२, २०७५
दिशाको हट तस्वीरले बलिउडमा बवाल

दिशा पटानी अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन् । तर, उनी जति चर्चामा छिन्, त्यो अभिनयको कारणले भने होइन । उनी अभिनय भन्दा अफस्क्रिन फन्डाको कारण चर्चामा रहन्छिन् । उनी चर्चामा रहनुको अर्को कारण हो, टाइगर श्राफ । ज्याकी श्राफ पुत्र टाइगर र दिशावीच लामो समयदेखि लभ अफेयर चलिरहेको छ । कहिले कामुक आवरणमा देखा परेर त कहिले ब्वाईफ्रेन्डसँग लुकीलुकी चुरोट पिएको खबरले उनलाई चर्चामा ल्याउने गर्छ । टाइगर श्राफसँग एयरपोर्टमा वेपर्वाह मस्ती गरेको, समुन्द्री किनारमा हट पोज दिएको खबरले पनि बलिउड तताउने गर्छ । यसपाली पनि दिशा अनायसै चर्चामा आइन् । कारण थियो, सोशल मिडियामा उनले शेयर गरेको हट तस्वीर । जसै उनले आफ्नो कामुक तस्वीर सोशल मिडियामा शेयर गरिन्, उनी ट्रोलको शिकार भइन् ।

कतिले त दिशालाई यति सम्म भने कि, ‘मेरो परीक्षा चलिरहेको छ, यस्तो तस्वीर पोस्ट नगर ।’ यसैबीच दिशाले अर्को तस्वीर आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरिन्, त्यसले अर्को बवाल मच्याइदियो ।

यो तस्वीर नयाँ थिएन । यसअघि पनि उनले शेयर गरेकी थिइन्,जसमा उनी पिंक कलरको स्विम सूटमा देखिएकी थिइन् । तस्वीरमा उनको भावभंगीमा एकदम कामुक छ । कतिलाई उनको यस्तो भावभंगीमा मन परेन । त्यही कारण उनलाई ठट्टामा उडाउन थालियो ।

एक प्रयोगकर्ताले लेखे, ‘दिदी अझैपनि समय छ, सुध्रने ।’ त्यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘परीक्षा छ दिदी प्लिज…………मलाई पढ्न दिनुहोस् ।’

यसरी उनको तस्वीरमाथि अनेकौ टिकाटिप्पणी भइरहँदा के अनुमान गर्न सकिन्छ भने दिशालाई यस्तो बोल्ड लुकमा रुचाइदैन ।

दिशाको अफेयर

दिशा बलिउड र तेलुगु फिल्मबाट चिनिएकी हुन् । उनी भारतको बरेलीमा जन्मिएकी हुन् । उनले तेलुगु फिल्म ‘लोफर’बाट अभिनय सुरु गरेकी थिइन् । त्यसपछि उनले टाइगर श्राफसँग ‘बागी-२’मा काम गरिन् ।

टाइगरसँग दिशाको लभ अफेयर त्यहीबाट सुरु भयो । कतिसम्म भने, टाइगर पुरै दिशाको नियन्त्रणमा छन् भन्ने चर्चा हुन्थ्यो । अर्थात दिशाकै निर्देशनमा टाइगर चल्छन् भन्ने थियो । यता टाइगरका परिवारलाई भने दिशासँगको यो सम्बन्धले त्यती सन्तुष्ट दिलाएको थिएन ।

पछिल्लो समय दिशा र टाइगरबीच प्रेम सम्बन्धले बिट मारेको पनि चर्चा चल्यो । उनीहरु केवल साथी मात्र रहेको खुलाए । करण जोहरको च्याट शोमा पनि टाइगरलाई दिशासँगको प्रेमबारे प्रश्न गरिएको थियो । त्यसबेला टाइगरको जवाफ थियो, ‘म यसबारेमा धेरै कुरा गर्न चाहन्न, यद्यपी दिशासँग मेरो राम्रो मित्रता छ ।’

त्यसो त बलिउडमा टाइगरको घनिष्ठ मित्र त्यती धेरै छैनन् । उनी दिशालाई आफ्नो अति निकटको मित्र स्विकार्छन् । यद्यपी उनीहरु लन्च, डिनरमा एकसाथ देखिदै आएका छन् ।

त्यसो त गएको भ्यालेनटाइन डेमा टाइगरले दिशासँगको तस्वीर इन्स्टाग्राममा शेयर गरेर आफुहरुको सम्बन्ध केवल साथीमा मात्र सीमित नरहेको संकेत दिइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार