मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावमा छट्पटाईरहेका शान्तलाई आर्थिक सहयोग

आर्थिक अभावमा छट्पटाईरहेका शान्तलाई आर्थिक सहयोग

  • सोमवार, चैत्र ११, २०७५
आर्थिक अभावमा छट्पटाईरहेका शान्तलाई आर्थिक सहयोग

मदन वि.क.
कोल्टी ११ चैत्र
आर्थिक अभावका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको शैयामा छट्पटाई रहेका हिमाली गाँउपालिका वडा नं ६ का शान्त लवारलाई सामाजिक सञ्जाल मार्फत उपचार रकम जुटेको छ । सामाजिक अभियानता नेपाल पत्रकार महांसघ बाजुराका अध्यक्ष प्रकाश सिहले सामाजिक सञ्चालमा आर्थिक अभाबमा उपचार नपाएको समचार शेरपछि १७ हजार ५ सय सहयोग रकम जुटेको जानकारी दिए ।
गाँउले उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए । तर त्यहाँ उनको उपचार सम्भब नभएपछि आर्थिक अभाबमा उनि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमै रहनु परेको थियो । सामाजिक सञ्जालमा पत्रकार सिहले उहाँको अवस्था दर्शाए पछि जुटेको सो रकम सोमवार सुदुरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मी मार्फत हस्तान्तरण गरिएको हो ।
आर्थीक अभावमा रहेका शान्त लुवारको उपचार यहाँ नभएर अछामको बयलपाटा लैजानु पर्ने स्वास्थ्यकर्मीले वताएका थिए, तर उनि सँग त्यहाँ पुग्न पैशा नभएर उपचार अभाबमा समस्यामा परेपछि सामाजिक संञ्जाल मार्फत दयाराम अग्रवालले ५ हजार, अमित ढुङगानाले ५ हजार, पत्रकार एकेन्द्र कुवरले ५ हजार र डा ज्ञानु खड्काले २ हजार ५ सय रकम जुटेको पत्रकार सिहले बताएका छन । सो रकम जुटेपछि विरामी लुवारलाई बयलपाटा स्वास्थ्य केन्द्र पठाइएको छ ।
विरामी लुवारको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा गणेश चौधरीले वताए । शान्तलाई ८५ बर्षिय आमा नानिकला लुवारको बृद्वभत्ता बाफतको पैशाले कोल्टी सम्म पु¥याएका थिए । उनले दैनिक ५ सय भन्दा बढिको औषधी किन्नु परेको छ, आमाको बृद्धभत्ता बाफतको रकम ल्याएको थिए, त्यो सबै सकिएको शान्तले वताए । घरपनि नभएका उनको परिवार अरुको घरमा बस्दै आएको छन । अरुको हलो जोतेर, उपल्लो जातिको फलामको भाडामा धार लगाएर परिवार पाल्ने गरेका लवारले उपचार गर्नका लागि कहाँ बाट पैशा ल्याउनु उनका भाई अम्मलाल सुनारले वताए ।
शान्तकी श्रीमती बञ्चि लुवारको आर्थिक अभावमा उपचार हुन नसकी गएको साउनमा मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको घरमा चारजना नावालक छोरा छोरी मात्र रहेका छन् । १४ बर्षकी कल्पना लुवार, १३ बर्षका पुष्पा लुवार, ७ बर्षका सुमना लुवार र २ बर्षिय अप्सरा लुवार रहेका छन् । बुवा लामो समय देखी बिरामी भएको र आमाको समेत मृत्यु भै सकेकाले उनीहरु अहिले विचल्लीमा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार