शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • असारमा बाजुरा जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने

असारमा बाजुरा जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने

  • सोमवार, चैत्र ११, २०७५
असारमा बाजुरा जिल्लालाई पुर्ण साक्षर घोषणा गर्ने

बडीमालिका खवर , बाजुरा ११ चैत्र
बाजुरा जिल्लालाई असार २०७६ असार मसान्त सम्म पुर्ण साक्षर घोषणाको तयारी गरिएको छ । जिल्लामा पुर्ण शाक्षरका सबै सुचक पुरा गरेको हुनाले असारमा घोषणा गरिने एक तथ्याड्ढ सार्बजनिक गरिएको हो । २०७६ सालमा देश नै पुर्ण साक्षर घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहेकोले सो अभियान बाजुरामा पनी संचालन गरिएको एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।


पुर्ण साक्षर हुने सबै सुचक बाजुरा जिल्लामा पुर्ण भईसकेकोले जिल्लालाई पुर्ण साक्षर घोषणा गर्न ढिलाई नहुने कार्यक्रममा उपस्थित शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले बताएको छ । जिल्ला सदरमुकाम मार्तडीमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव श्रोत बिकास केन्द्रको आयोजनामा संचालन गरेको कार्यक्रम जिल्लाको शैक्षिक अबस्थाका बारेमा जानकारी गराएको मन्त्रालयका सचिव ज्ञान बहादुर शर्माले बताएका छन् ।
शाक्षार नेपाल समृद्ध नेपाल सुखी नेपाली भन्ने मुला नाराका साथ नेपालका ४७ जिल्ला पुर्ण साक्षर घोषणा गरि सकेको र बाकी सबै जिल्ला २०७६ सालमा गरिसक्ने मन्त्रालयले बताएको छ । सिन्धुपाल्चोक जिल्ला नेपालकै पहिलो जिल्लाको रुपमा पुर्ण साक्षर गरिएको मन्त्रालयले बताएको छ ।


जिल्ला पुर्ण साक्षर बनाउन केही सुचक बनाएको र सो सुचकका आधारमा जिल्ला घोषणा गर्न सकिने बताएको छ । जसमा राष्ट्रभाषा वा मातृभाषाका बर्णका अक्षरको पढाई र लेखाई गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखीएको मुल्यसुची र बीलको पढाई, आफ्ना परिवारका नाम, उमेर लेखाई र पढाई, मोबाईल र क्याल्कुलेटरका अकं र अक्षर चिनेर प्रयोग गर्न जान्ने , शुन्य देखी नौ सम्मका अकं अक्षर लेखाई १ देखी १ सय सम्मका गणना, लेनदेनको हरहिसाव रखाई लगायतका अन्य धेरै सुचक रहेका छन् ।
जिल्लामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुका अनुसार जिल्लालाई पुण साक्षर गर्न हतार नगर्न आग्रह समेत गरेका छन । जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले जिल्लामा निराक्षरको सख्यां शुन्यमा पुगेको तथ्याङक सार्बजनिक गरे पनि पुर्ण साक्षर घोषणामा हतारो गर्न नहुने बताएका छन् । सरकारले ल्याएका सुचकका आधारमा जिल्लामा ठुलो सख्यांमा निरक्षार रहेकोले हतार नगर्न गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताए । त्यसै गरी बाजुरा जिल्लाका अन्य ग्रामिण भेगमा पनी धेरै जनसंख्या साक्षार नभएकोले हतार नगर्न र साक्षारता कक्षा सचान पछी मात्र हुनसक्ने बिभिन्न स्थानिय तहका प्रमुखले बताएका छन् ।


बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सघिंय सांसद लालबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रम जिल्लाका नौ ओटै स्थानीय तहका प्रमुख अध्यक्ष तथा उपप्रमुख र उपाअध्यक्षहरुको सहभागीता रहेको थियो त्यसै गरी जिल्ला स्थित शिक्षा संग काम गर्ने गैर सरकारी संस्थाका प्रमुखहरु जिल्लामा रहेका बिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार