बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै

गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै

  • सोमवार, चैत्र ११, २०७५
गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै

गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएकी छिन । प्रसाइले गाएको ‘माया लुकी लुकी…’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै ‘नाई मलाई था छैन…’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त गीतले ३ करोड ६६ लाखभन्दा बढी भ्युज पाएको छ । युट्युवमा धेरै भ्युज पाउने ननफिल्मी नेपाली गीतको पहिलो रेकर्ड प्रसाइकै नाममा थियो भने उनकै अर्को गीतले त्यही रेकर्डलाई तोडेर ५ करोडभन्दा बढी दर्शक पाएको हो ।

‘माया लुकीलुकी… ’ गायिका प्रसाईंले ९ महिनाअघि आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी थिइन् । उक्त गीतले ५ महिनादेखि ननफिल्मी गीतसंगीतको क्षेत्रमा सबैभन्दा बढी युट्युव भ्युज पाउने गीत बनिरहन सफल भएको छ । उक्त गीतले थुप्रै अवार्डसमेत जितेको थियो । गायिका प्रसाइका अनुसार यसगीतले रेडियो कान्तिपुर नेशनल अवार्ड २०७५मा सवोत्क्कृष्ट पप गायिका, इमेज अवार्ड २०७५मा पब्लिक च्वाइस अवाडए, कालिका एफएम अवार्ड(२०७५मा सर्वोत्कृष्ट पप गायिका र सर्वाेत्कृष्ट अभिनय अवार्ड जितेको थियो ।

उक्त गीतमा शब्द आनन्द अधिकारी र संगीत आशिष अविरलको छ । गीतको भिडियो द कार्टून क्रिउले निर्माण गरेको हो । टीका प्रसाइ युवा पुस्तकी लोकप्रिय गायिका हुन् । उनका ती दुवै गीतमा दर्जनौ ब्यक्ति र समुहले नृत्य गरेर युट्ययुवमा भिडियो अपलोड गरेका छन् । ती भिडियोसमेत जोड्दा उनको गीत हेर्नेको संख्या थप करोडौं हुन्छ । ‘माया लुकीलुकी… ’ गायिका प्रसाइले एक्लै गाएकी हुन् । यसअघि रेकर्ड भ्युज पाएको ‘नाई मलाई था छैन… ’ गीतमा गायिका प्रसाईलाई गायक सञ्जीव पराजुलीले साथ दिएका छन् ।

गायिका प्रसाइले संजिव पराजुलीसँग गाएको अर्को गीत ‘कर्के नजर… ’ ले पनि उनका धेरै भ्युज पाउने दुई गीतलाई पछ्याइरहेका छ । दुई महिनाअघि अपलोड गरिएको उक्त गीतले अहिलेसम्म ८२ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

आफ्नै गीतले कायम गरेको रेकर्ड अर्को गीतले ब्रेक गरेपछि गायिका प्रसाइ निकै उत्साहित भएकी छन् । ‘मेरो गीतको प्रतिस्पर्धी आफ्नै गीत भएको छ, उनले भनिन्, ‘अब मलाई पहिलेको भन्दा उत्कृष्ट गीत कसरी बजारमा ल्याउने चुनौती थपिँदै गएको छ । उनको ५ करोड भ्युज पाएको गीत स्वदेशमा मात्र हैन, विदेशी भाषामा समेत डब भएका छन् । ‘यसको भाकालाई मन पराएर हिन्दी, अंग्रेजीलगायतका भाषामा गीत गाएर भिडियो युट्युवमा अपलोड भएका छन्,’ गायिका प्रसाइले भनिन्, ‘नेपाली गीत नेपालमा मात्र सीमित भएको छैन, अन्तराष्ट्रिय बजारमा यसले आफ्नो स्थान लिएको छ । सबै नेपाली संगीत प्रेमीहरुका लागि यो खुशीको कुरा हो ।’

गायिका प्रसाइले २०५८ सालमा पहिलो पटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दिलको कुनाकानी… ’ गरी एकै पटक दुई रेकर्ड गराएकी थिइन् । उनले २०६० सालदेखि चलचित्र र कलेक्सन एल्बममा गीत गाउन थालिन् । अहिलेसम्म उनका ४ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । झापाकी चेली र सिन्धुलीकी बुहारी गायिका प्रसाइले २०७२ सालमा एकल एल्बम मेलोडी निकालिन् । उनका गीतमा ‘नाइ मलाइ थाहा छैन…’, ‘सेल्फीको जमाना…’, ‘चट्ट सलाम…’, ‘एउटा कुरा भनौं,…’ ‘लुकी लुकी…’, ‘शिशिरमा पात झर्दा…’, ‘परें माया जालैमा…’, ‘तिमी भन्छौ भने …’, ‘कान्छी रे…’, ‘पहिलो भेटमा…’, ‘जे पनि हुन सक्छ मायामा…’, ‘हातमा चुरा, शिरमा शिरबन्दी…’ लगायतका गीत संगीतप्रेमीले निकै मन पराएका छन् । उनी पछिल्लो समय मुलुकभित्र हुने मेला, महोत्सवमा निकै माग हुने गायिका हुन् । विदेशमा हुने कार्यक्रमहरुमा समेत उनी सहभागिता जनाइरहेकी हुन्छिन् ।

चर्चामा

सम्बन्धित समाचार