शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धार्मिक
  • सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र ११ गते सोमबारको राशिफल तपाईको मनोकामना पुरा हुनेछ!

सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र ११ गते सोमबारको राशिफल तपाईको मनोकामना पुरा हुनेछ!

  • आइतवार, चैत्र १०, २०७५
सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ चैत्र ११ गते सोमबारको राशिफल  तपाईको मनोकामना पुरा हुनेछ!

वि.सं.२०७५ साल चैत्र ११ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च २५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि पंचमी,४६ घडी ०४ पला,रातको १२ बजेर ३१ मिनेट उप्रान्त षष्ठि । नक्षत्र विशाखा,१३ घडी ०४ पला,बिहान ११ बजेर १९ मिनेट उप्रान्त अनुराधा । योग बज्र,४० घडि ४७ पला,बेलुकी १० बजेर २४ मिनेट उप्रान्त सिद्धि । करण कौलव,दिउसो १२ बजेर ४६ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्रराशि बृश्चिक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँग असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउँनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराउँन सकिनेछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार