• होमपेज
  • देश/प्रदेश
  • प्रहरीको पहलमा धनगढी—अत्तरीया बन्द सडक खुल्यो

प्रहरीको पहलमा धनगढी—अत्तरीया बन्द सडक खुल्यो

  • आइतवार, चैत्र १०, २०७५
प्रहरीको पहलमा धनगढी—अत्तरीया बन्द सडक खुल्यो

चैत्र १०, कैलाली ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहमा कार्यरत २९ वर्षिय जनक ढुंगाल कार्यालयमा नै मृत फेला परेको घटनाको छानविनको माग गर्दै धनगढी–अत्तरिया ६ लेन सडकमा गरिएको चक्काजाम प्रहरीको पहलपछि खुलेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको रिचमण्ड फेलोसिप ९लागु पदार्थ पुनस्थापना केन्द्र० का स्टोरकिपर जनक ढुङ्गालको गत चैत्र ७ गते भएको मृत्यु संकास्पद रहेको भन्दै छानविनको माग सहित विहानै देखि चक्काजाम गरेका थिए ।

चक्का जामका कारण केहिबेर सवारी आवागमन बन्द भएको थियो । मृतकका दाजु आन सिंह ढुंगालले प्रहरीले घटनामा दोहोरो चरित्र देखाईरहेकाले सत्यतथ्य छानविनको माग सहित ६ लेन सडक बन्द गर्नु परेको बताए ।

उनले पोष्टमार्टम रिर्पोट सार्वजनिक गर्नुपर्ने, सुधार गृहका संचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीलाई दोहरो चरित्र नदेखाई सत्यतथ्य छानविन गर्न आग्रह गरे ।

कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले सुधार गृहका संचालक आफ्नो निगरानीमा रहेको भन्दै अनुसन्धान गरिरहेको बताए । उनले पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्य कुरा थाहा हुने भन्दै बन्द रहेको सडक सुचारु भएको जानकारी दिए ।

मृतकका आफन्तहरु प्रमुख जिल्ला अधिकारीसंग दोषीमाथि कारबाहीको माग गर्न जिल्ला प्रशासन कार्यालय कैलाली गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार