शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सुनारको अनौठो परिक्षा सार्वजनिक (भिडियो सहित)

सुनारको अनौठो परिक्षा सार्वजनिक (भिडियो सहित)

  • आइतवार, चैत्र १०, २०७५
सुनारको अनौठो परिक्षा सार्वजनिक (भिडियो सहित)

मदन वि.क.
बाजुरा १० चैत्र
बाजुरा जिल्लाको हिमाली गाउँपालिका विच्छ्याका नब गायक धर्म सुनारको अनौठो परिक्षा नामक लोक गीत सार्वजनिक भएको छ ।
नव गायक सुनार र पुर्णकला विसीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियो आईतबार म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनकि भएको हो ।


एक अर्काको मायामा अनौठो परिक्षा, मायामा एक अर्काप्रति पिडाभाव बोकेको शन्देस गीतका शव्दमा उतार्न खोजिएको छ । पूर्णकला विसी र धर्म सुनारको स्वर रहेको गीतका शब्द मलेसियामा रहेका बाजुराकै डम्मर विश्वकर्माले लेखेका हुन् । अमित बाबु रोकायाको लय रहेको गीतको भिडियोमा मोडल विमल अधिकारी र सञ्चिता शाहीले अभिनय गरेका छन् ।
मालश्री रेकडिगं स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत भावना म्यूजिक सोलुसनको उत्पादन गरेको हो भने गीतमा निर्देशन कपिल लामाले गरेका छन् । उक्त गीतलाई छायांकन राजेश घिमिरेले गरेका हुन भने गीतलाई अमर साक्यले सम्पादन गरेका छन् ।
नब गायक सुनारले आफ्नो सानै देखिको गीत गाउने सोच बल्ल पुरा भएको बताएका छन् ।

भिडियो हेर्न तलको लिँकमा जानुहोस ।

चर्चामा

सम्बन्धित समाचार