शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड वितरण

छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड वितरण

  • आइतवार, चैत्र १०, २०७५
छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड वितरण

बडीमालिका खवर  
बाजुरा १० चैत्र
छाउपडी प्रथालाई न्यूनीकरण गर्न विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड बितरण गरिएको छ । बडीमालिका नगरपालिका– ३ मा रहेको चोयाकोट माद्यामिक विद्यालयमा कन्सन बाजुराले सेनेटरी प्याड वितरण गरिएको हो ।

चोयाकोट माध्यमिक विद्यालय अध्ययनरत छात्रा र गाउँका अन्य महिलालाई कन्सन बाजुरा नामक सस्थाको पहल डाइरेक्ट नेपाल नामक काठमाण्डौँको सस्थाको सहयोगमा प्याड वितरण गरिएको कन्सन बाजुराका सस्थांपक अध्यक्ष गणेश थापाले बताएका छन् । जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै ज्यान गएकाले कन्सन बाजुराको पहलमा विद्यार्थीलाई सुरक्षित गर्न र पढाइमा बाधा नहोस् भन्नाका लागि प्याड वितरण गरिएको बताइएको चोयाकोट माबी प्रअ दिमा सुब्बाले बताएकी छन् । महिनावारी हँुदा छात्रा विद्यालयमा आउन नमान्ने र त्यसकै कारण पढाइमा समस्या भइरहेको महसुस गरेर आफूले व्यक्तिगत रुपमा प्याड उपलब्ध गराएको कन्सन बाजुराका सस्ंथापक अध्यक्ष थापाले बताए ।
विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै बडीमालिका नगरपालिका वडा न ३ का वडाअध्यक्ष बिर बहादुर रावलले छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबैले लाग्नुपर्ने बेला आएको बताए । महिनावारी भएका बेला विद्यालय आउने छात्राले प्याड लगाएर आउँदा कुनै समस्या नहुने र अरुले पनि थाहा नपाउने गैर सरकारी सस्था महासघं केन्द्रीय सदस्य काशी बिकले बताए । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यक्रमका बिसिष्ठ अतिथि तथा नेकपा नेता जनक कुमार बोहराले बताए ।


छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड आबस्यक भएको र सहयोगी निकाय डाइरेक्ट नेपाल र कन्सन बाजुरालाइ धन्यबाद दिदै थप सहयोग गर्नका लाग्नुपर्ने सहकारी बोर्डका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अमर खड्काले बताए ।


चोयाकोट माध्यामिक बिद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि सेनेटरी प्याड बितरण गरिएको बिद्यालयका शिक्षक धनबहादुर रावले बताएका छन् । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमर बिकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि सहकारी बोर्डका केन्द्रीय सदस्य तथा नेकपा नेता अमर खड्का रहेका थिय । त्यस्तै बिसिष्ट अतिथिमा नेकपा नेता जनक कुमार बोहरा, गैर सरकारी संस्थाका केन्द्रीय सदस्य काशी बिक, बडीमालिका नगरपालिका वडा न ३ का वडाअध्यक्ष बिर बहादुर रावल, कन्सर्न बाजुराका महासचिव पदम भण्डारी, सोही सस्थाका संस्थापक अध्यक्ष गणेश थापा रहेको थिय भने कार्यक्रमको संचालन बिद्यालयका शिक्षक धनबहादुर रावले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार