शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी

एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी

  • आइतवार, चैत्र १०, २०७५
एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् । मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् ।

नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् । त्यसैगरी, अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् । विद्यालयको नियमित विद्यार्थीको रुपमा उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।

चर्चामा

सम्बन्धित समाचार