बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • किशाेरी पटक–पटक बलात्कार गर्ने कांग्रेस कार्यकर्ता सुन्दर श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदी पक्राउ

किशाेरी पटक–पटक बलात्कार गर्ने कांग्रेस कार्यकर्ता सुन्दर श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदी पक्राउ

  • आइतवार, चैत्र १०, २०७५
किशाेरी पटक–पटक बलात्कार गर्ने कांग्रेस कार्यकर्ता सुन्दर श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदी  पक्राउ

१६ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्राञ्च म्यानेजर सुवास सुवेदी  पक्राउ परेका छन् ।  श्रेष्ठले किहाेरीलार्इ पटकपटक बलात्कार गरेको र सुबेदीले यौन दुब्र्यबहार मात्र गरेको आरोप पीडित किशोरी जानकारी दिएकी छिन् ।  श्रेष्ठ र सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

ति  किशोरी लेकसाइडकै एक पहारीको घरमा बस्दै आएकी थिईन् । विगत ६–७ वर्षदेखि सोहि घरमा काम गर्दै स्थानीय एक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । विहीबार बेलुकी एक्कासी उनी घर छाडेर हिँडिन् । साथीकोमा गएर रुँदै मर्छु भन्न थालिन् । प्रहरीसँगको प्रारम्भिक बयानलाई उद्दृत गर्दै श्रोतले भनेको छ, त्यसपछि मात्र साथीसँग उनले श्रेष्ठ र सुवेदीले गरेको कर्तुत भन्न थालिन् । सुन्दर श्रेष्ठको घरको आडमै ति किशोरीले आश्रय लिएर बसेको घर छ । झ्यालबाट नै गएर यौन कार्य गरेर फर्कने गरेको बयान किशोरीको छ ।

बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुव्र्यवहार गर्ने गरेको आरोप किशोरीको छ । अहिले किशोरीलाई मेडिकल परीक्षण गरिएको बताएपनि प्रहरीले थप जानकारी दिन मानेकाे छैन । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले आफू तीन दिने बिदाको लागि काठमाण्डौ रहेको तर श्रेष्ठ र सुवेदी पक्राउ परेको पुष्टि गरेका छन् ।

पर्यटन ब्यवसायी सुन्दर कुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा २०७४ जेठमा नियुक्त भएका हुन् ।  श्रेष्ठ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनी क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य श्रेष्ठ विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।

पोखरा फुलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पस्र्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी दुलेगौंडामा थिए । सुवेदी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

चर्चामा

सम्बन्धित समाचार