शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गाजा र भाङमा के फरक छ ? यी हुन् फाइदा-वेफाइदा

गाजा र भाङमा के फरक छ ? यी हुन् फाइदा-वेफाइदा

  • आइतवार, चैत्र १०, २०७५
गाजा र भाङमा के फरक छ ? यी हुन् फाइदा-वेफाइदा

कतिपयले ठान्छन् भाङ खाएपछि आनन्द आउँछ । त्यसैले मानिसहरु खुसी पाउन भन्दै पटक पटक भाङ खान्छन् । तर गाजा, भाङ जस्ता नशालु पदार्थले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ र आयु घटाउँछ । भाङमा टेट्राहाइड्रोकार्बनबिनोल (टीएचसी) पाइन्छ । यो खाँदा डोपामीन हार्मोनको स्तर बढ्छ । डोपामीनलाई ह्याप्पी हार्मोन पनि भनिन्छ, जसले हाम्रो मुडलाई कन्ट्रोल गर्दछ र खुसीको स्तर बढाउँछ ।

तत्काल असर

भाङलाई यदि जलाएर चुरोट वा बिँडीमार्फत् पिउँदा यसको तत्काल असर देखिन्छ । यसको धुँवालाई हाम्रो फोक्सोले निकै छिटो सोस्छ र यसको प्रभाव दिमागसम्म पुग्छ । तर भाङलाई कुनै खानेकुरामा मिसाएर खाँदा आधादेखि एक घण्टामा यसको असर देखिन्छ ।

यसको असरले छोटो समयका लागि हाम्रो दिमाग हाइपर एक्टिभ हुन्छ । सोचविचार गर्ने हाम्रो क्षमता घट्छ ।

मात्रा धेरै भएमा आफू वरिपरिका के भइरहेको छ भन्ने कुरा पनि थाहा पाइँदैन । त्यतिमात्र होइन, यसको असरले मस्तिष्कको विकासमा पनि असर पर्छ । दिमागले राम्रोसँग काम गर्न सक्दैन । चिन्ता बढाउँछ । मानिसहरु आफूले के बोलिरहेको छु भन्ने पनि थाहा पाउँदैनन् । अजीब अजीबका कुराहरु देख्न र महसुस गर्न थाल्छन् ।

यसबाट हृदयाघातको जोखिम र उच्च रक्तचाप बढ्छ । पाचन शक्ति र सास फेर्न गाह्रो हुन्छ । गर्भधारणमा पनि असर गर्छ ।

एकछिन रमाइलो गर्ने चाहनाले तपाईंको जीवन नै बर्बाद पारिदिन सक्छ । तपाईं व्यक्तिगत रुपमा त बर्बाद हुनुहुन्छ नै तपाईंसँगै तपाईंको घर परिवारका सदस्यहरुलाई पनि यसले निकै असर पुर्‍याउँछ ।

औषधीय गुण

यी त भए गाजा-भाङका बेफाइदा, तर यसलाई खान वा पिउन जानेमा यसले फाइदा पनि गर्छ । त्यसैले यसलाई खान जानेमा औषधि, नजाने विष हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गाजा वा भाङमा औषधीय गुण हुन्छ । विश्वको करिब २.५ प्रतिशत जनसंख्याले गाजा वा भाङ खान्छन् र यसको प्रयोगकर्ता बढ्ने क्रम जारी छ । किनभने यो जहाँतहीँ सजिलै पाइन्छ ।

कोकिन वा अन्य नषालु पदार्थभन्दा सजिलै गाजा भाङ पाइन्छ । र, यो तुलनात्मकरुपमा अन्यभन्दा सस्तो र कम हानिकारक पनि हुन्छ ।

गाजा वा भाङलाई प्राकृतिक चिकित्सा क्षेत्रमा मानसिक रोगको उपचारमा प्रयोग गरिन्छ । जो व्यक्तिलाई एकाग्रताको कमी छ, उसलाई डाक्टरहरुले सही मात्रामा प्रयोग गर्न सल्लाह दिन्छन् ।

छिटो-छिटो पिसाब आउने समस्या भएकाहरुको उपचारमा पनि यसको प्रयोग हुन्छ । कान दुखेमा गाजाको पातलाई पिसेर त्यसको रस राख्नाले राहत मिल्ने बताइन्छ । साथै धेरै खोकी लागेमा गाजाको सुकेको पात, पिपलको पात, कालो मरिच र सुठो मिलाएर सेवन गर्न सकिन्छ ।

गाजा र भाङमा फरक

धेरैले गाजा र भाङलाई फरक ठान्दछन्, तर त्यस्तो होइन । यो त एउटै प्रजातिको बोटको अलग-अलग रुप मात्र हो ।

बोटको भाले प्रजातिलाई भाङ र फोथी प्रजातिलाई गाजा भनिन्छ । गाजामा भाङको तुलनामा टेट्राहाइड्रोकार्बनबिनोल अर्थात टीएचसी बढी हुन्छ ।

गाजा फूल, पात र जरालाई सुकाएर बनाइन्छ भने पातलाई पिसेर भाङ बनाइन्छ । यसको प्रयोग सदियौंदेखि हुँदै आएको छ । नेपालमा गाजा भाङ प्रतिवन्ध छ तर पनि यसको सेवन रोकिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार