• होमपेज
  • बाजुरा बिशेष
  • जन्मदिनमा विरामीलाई फलफूल

जन्मदिनमा विरामीलाई फलफूल

  • शनिबार, चैत्र ९, २०७५
जन्मदिनमा विरामीलाई फलफूल

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जन्मदिनको अवसरमा विरामीलाई फलफूल वितरण गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार गराईरहेका विरामीले अधिकारी बरालले फलफूल र जुल वितरण गरेका हुन् ।२ दर्जन बढी विरामीलाई प्रत्यक्ष भेटेरै अधिकारी बरालले स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण गरेका हुन् । विरामीलाई उपचारका लागि मात्र स्वास्थ्य कार्यालय नआएर उपचारसँगै स्वास्थ्य शिक्षा पनि लिएर जान सुझाव दिएका छन् ।

रोग नलाग्न दिन आवश्यक स्वास्थ्य शिक्षा बारे सचेतना लिएर फर्किन विरामीलाई अधिकारी बरालले सुझाव दिएका हुन् । प्रत्येक वर्षको जन्मदिनलाई फरक कामको आरम्भ गर्दै मनाउने गरेका अधिकारी बरालले यो वर्ष विरामीको स्वास्थ्य लाभका लागि फलफूल वितरण गरेको बताएका छन् । साथीहरुलाई बोलाएर, केट काटेर मनाउनु भन्दा विपन्न, दिन दुखि र विरामीको सेवामा सानो सहयोग गर्दा आनन्द आउने अधिकारी बरालले बताएका छन् । जीवनमा सधै दिन र सहयोग गर्न नसकिएपनि जन्म, विवाह जस्ता उत्सवहरुलाई अरुका निम्ती मनाउनु पर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी बरालले आफै विरामी कक्षमै गएर फलफूल वितरण गरेको डाक्टर टिकाराम राईले बताएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डाक्टर टिकाराम राई, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली सहीत स्वास्थ्य कर्मीको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार