शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुरामा ९ विद्यार्थी एसइई परिक्षा दिनबाट बन्चित

बाजुरामा ९ विद्यार्थी एसइई परिक्षा दिनबाट बन्चित

  • शनिबार, चैत्र ९, २०७५
बाजुरामा ९ विद्यार्थी एसइई परिक्षा दिनबाट बन्चित

बाजुरा-भोलीबाट सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाजुराबाट ९ जना विद्यार्थी परिक्षा दिनबाट बन्चित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराका अनुसार बिद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गोपालदत्त जोशीले बताउनुभएको छ । यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को परिक्षामा जिल्लाबाट ४ हजार बढी बिद्यार्थीले एसइई परिक्षामा भाग लिने भएका छन् । नियमती तर्फ फारम भरेका ३९ सय ५० बिद्यार्थीमध्ये ४४ जना प्राविधिक धारका रहेका छन् ।

यस्तै २०७४ को माध्यामिक शिक्षा परीक्षा (एसइई) को परिक्षामा सहभागि भएका २ सय १० जना आङसीक ग्रेड बृद्धी र १ सय २९ जना बिध्यार्थीले आङसीक तर्फ अर्थात २०७३ देखी पुराना ग्रेड बृद्धीका परिक्षार्थी रहेको जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले जानकारी दिएको छ । यसबर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) परिक्षा सञ्चालनको लागि १५ ओटा परिक्षा केन्द्र निर्धारण गरिएका छन् भने आङसीक पुरानो ग्रेड बृद्धि परिक्षर्थीका लागी एउटा मात्र केन्द्र पशुपती मा.वि ताप्रा (ख) कायम गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गोपालदत्त जोशीले जानकारी दिनुभएको छ ।

१५ वटा मध्य कोल्टी क्षेत्रको लागि ५ वटा परिक्षा केन्द्र तोकीएका छन् । जसमा शैलेश्वरी मावि फैती, स्वामिकात्तिक मा.वि वाई, सम्भुसुनन्दा मा.वि जुकोट, कैलाश मावि महती, जनप्रकाश मा.वि कोल्टी रहेका छन्, भने तल्लो क्षेत्रकालागि मालिका मा.वि मार्तडी, कृतिचौर मा.वि मानाकोट, मष्टेश्वरी मावि डोगडी, त्रिशक्ति मा.वि बाह्रविस, भानोदय मावि नौविस, पशुपती मावि ताप्रा (क), रत्न मा.वि सेलीफाल, तोली देवल डाँडा मा.वि तोली, सत्यवादी मा.वि भौनेरा, पशुपती मा.वि ताप्रा (ख) लाई कायम गरिएको छ ।
आइतबारदेखि सञ्चालन हुने एसइई परिक्षाको लागि सबै १५ वटै परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत नजिकको प्रहरी चौकीमा पुगीसकेका छन् भने सम्बन्धित परिक्षार्थीकोहरुको प्रबेसपत्र वितरण समेत गरिसकेको समन्वय प्रमुख जोशीको भनाई छ । यस बर्षको परिक्षा अघिल्ला बर्षहरु भन्दा म¥यादीत भएर चलाउने जोशीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार