बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सार्वजनिक लेखा परिक्षण सम्पन्न

सार्वजनिक लेखा परिक्षण सम्पन्न

  • शनिबार, चैत्र ९, २०७५
सार्वजनिक लेखा परिक्षण सम्पन्न

मदन वि.क.
बाजुरा ८ चैत्र
स्वामीकार्तिक गाउँपालिकामा संचालन भएको दिगो कृषि उत्थानका लागि आकासे पानी संकलन परियोजनाको सार्वजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आईएन एफ शाखा कार्यालय बाजुरा उक्त गाउँपालिका संचालन गरेको सो परियोजनाको शुक्रबार लेखा परिक्षण सम्पन्न गरिएको हो ।आ.व. २०७५÷७६ मा स्वामीकार्तिक खापर गाउँपालिकामा संचालन गरिएका क्रियाकलपहरुको उपलब्धिहरु सार्वजनिक गरिएको छ ।
दिगो कृषि उत्थानका लागि आकासे पानी संकलन परियोजनाले स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका समुदायहरुको कृषि तथा जिविकोपार्जनमा सूधार ल्याउने लक्ष्यका साथ २०७५ बैशाख महिनाबाट एक वर्षका लागि परियोजना संचालन गरिएको थियो ।
आईएन एफले कृषि, जलश्रोत, सहकारी स्थानीयको जिविकोपार्जन, पानी संकलन, ट्याँकी निर्माण, वृक्षारोपण र बाँझो रहेको जमिनलाई उपभोग गराउनका लाथि सो ठाँउमा एक वर्षदेखि कार्यक्रम संचालन गर्दै आएको कार्यक्रममा आईएन एफ नेपाल बाजुराका प्राविधिक टिम लिडर तिलक भण्डारीले जानकारी गराएका थिए ।
सार्वजनिक लेखा परिक्षण कार्यक्रममा परियोजनाले १ वर्षको अबधिमा स्वामिकार्तिक खापर गाउँपालिकामा संचालन गरेका विभिन्न कार्यक्रम र कार्यक्रम कार्यान्वयन गर्दा खर्च भएको बजेटका बारेमा आईएनएफ शाखा कार्यालयका टिमलिडर रुपबहादुर मल्लले जानकारी गराएका थिए । परियोजनाले कार्यक्रम संचालनको एक वर्षको अवधिमा ४० लाख ६३ हजार पाँचसय पचास रुपैया खर्च गरेको छ ।
आईएन एफ नेपालले बाजुरामा ६ वर्षदेखि आफ्नो कार्यक्षेत्र भित्र रहेका समुदाय संघ संस्थामा सकारात्मक परिवर्तनका लागि समुदायलाई जिम्मेवारी दिन, सुधारिएको स्वास्थ्य गुणस्तरीय जीवन दिगो जिविकोपार्जनको लक्ष्यका साथ कार्यक्रम संचालन गरिरहेको छ ।
सार्वजनिक लेखा परिक्षण कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवि शाहीको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकाको सभाहलमा संचालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार