शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बिप्लप समुहको खोजीमा डिएसपी आफै गाँउमा

बिप्लप समुहको खोजीमा डिएसपी आफै गाँउमा

  • शुक्रबार, चैत्र ८, २०७५
बिप्लप समुहको खोजीमा डिएसपी आफै गाँउमा

प्रकाश सिंह
बाजुरा, ७ चैत
बाजुरा प्रहरीले प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटको नेतृत्वमा बिप्लप समुहका कार्यक्रताको खोजी कार्यमा गाँउमा प्रहरि परिचालन गरिरहेको छ । सरकारले बिप्लप समुहलाई निषेधित गरेपछि प्रहरी दुर्गम गाँउमा बिप्लप समुहको खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
बिप्लप माओवादीको प्रभाबित क्षेत्रका रुपमा मानिने कालिकोटको सिमाना रहेको जगन्नाथ गाँउपालिका र स्वामिकार्तिक खापर गाँउपालिका प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृत्वमा हतियार सहित प्रहरीले गाँउ गाँउ पुगेको स्थानियले वताएका छन् । सदरमुकाम बाट दुई तिन लाग्ने यी क्षेत्रमा प्रहरी पुगेर सर्च गरेको प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् ।
गाँउमा प्रहरीको सक्रियता पनि कम थियो, अर्को बिप्लप माओवादीले गाँउ चन्दा संकलन र गतिबिधि बढाइरहेको आधारमा दुर्गम गाँउमा सर्च गरेको प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् । गाँउमा कुनै ठाँउमा प्रहरी पुगेको भनेर सम्मान गरेका थिए, भने कतै तिर त्रसित भएको उनले वताए । स्वामिकार्तिक खापर गाँउपालिकाको साप्पाटामा पुग्दा त किन आए प्रहरी फेरी पनि पहिलाको जस्तो द्धन्द शुरु त कतै भएको छैन्, भनेर स्थानियले सोधेको भाटले बताए । केही त बोल्न पनि डराएको वताए ।


स्वामिकार्तिक खापर गाँउपालिका १ साप्पाटा बस्ने करन दमाईले भने गाँउमा हतियार सहित चालिस पचास जना प्रहरी पुगेपछि आफुहरु त्रसित भएको वताए । सरकारले बिपल्प माओवादीलाई प्रबितबन्द लगाए लगतै गाँउमा प्रहरी पुगेपछि आफुहरु निकै त्रसित भएको वताए । त्यस्तै जगन्नाथ गाँउपालिका २ मनकला रोकायाले भनिन् गाँउ धेरै प्रहरी हतियार सहित आएपछि आफुहरुले डर मानेको वताईन् । प्रहरीले एक हप्ता देखी गाँउमा सर्च शुरु गरेपनि अहिले सम्म भने एकजना पनि बिप्लप समुहको कार्यक्रता कोही नभेटिएको प्रहरीले जनाएको छ । बाजुराका स्वामिकार्तिक खापर, हिमाली र जगन्नाथ गाँउपालिका शसस्त्र द्धन्दकालमा पनि निकै प्रभाबित गाँउपालिका हुन् ।
प्रहरले बिष्लप माओवादीको खोजी कार्य गरेको भएपनि गाँउमा चन्दा संकलन तिब्र पारेका छन् । उनिहरुले कर्मचारी ब्यापारी र जनप्रतिनिधिलाई अनिवार्य चन्दा माग्ने गरेको पाईएको छ । बिद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, ब्यापारिलाई चन्दा माग्न शुरु गरेका हुन् । बुढिगंगा नगरपालिका १० अध्यक्ष धर्मराज जैशीले भने आफुलाई एक महिनाको तलब मागेको बताएका छन् । गाँउका प्रत्येक बिद्यालयमा गएर सरहरु बाट पैशा संकलन गर्ने गरेका छन् । नाम नभन्ने सर्तमा एक ब्यापारिले भने अनिवार्य चन्दा तोकेका छन्, नदिदा सम्म मान्दैनन्, अनि बाध्य भएर दिनु परेको वताए । पुरानै द्धन्दका झै उनिहरु पैशा माग्ने गरेको उनले वताए । बिप्लप माओवादीले चन्दा आतंक बढाउदै गएपछि स्थानिय तहका कर्मचारी त्रसित भएका छन् । योजना, ठेक्का र कर्मचारी बाट अनिवार्य जस्तै गरेको एक कर्मचारीले वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले भने चन्दा संकलन गरेको कुनै आधिकारी नआएको वताए ।

चर्चामा

सम्बन्धित समाचार