बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • मृतकका परिवार र अस्पताल बिच ५ बुँदे सहमती

मृतकका परिवार र अस्पताल बिच ५ बुँदे सहमती

  • शुक्रबार, चैत्र ८, २०७५
मृतकका परिवार र अस्पताल बिच ५ बुँदे सहमती

धनगढीको सेती अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरीको मृत्यु भएको भन्दै विहानैदेखि तनावग्रस्त भएपछि मृतकका परिवार र सरकारी पक्षविच ५ बुँदे सहमती भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, पीडित पक्षविच सहमती भएको हो ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको मुत्यु भएको आरोप लगाएकाले छानविनका लागि समिति गठन गर्ने पनि निर्णय भएको छ । त्यसका लागि सामाजिक विकास मन्त्रालयले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट माग गर्ने निर्णय भएको छ । नवजात शिशुको पालनपोषणका लागि प्रदेशको सामाजिक विकास मन्त्रलायले प्रदेश मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजाने पनि निर्णय भएको छ । नवजात शिशुको २४ बर्ष सम्म निशुल्क उपचारको जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयलाई दिईएको छ ।

यस्तै उक्त शिशुलाई शिक्षा पनि सामाजिका विकास मन्त्रालय मार्फत प्रदान गर्ने सहमती भएको छ भने उनको छिटो उपचारका लागि विशेष परिचयपत्र पनि बनाउने सहमती भएको छ । वेथालागे पछि मंगलबार सेती अन्चल अस्पताल धनगढीमा भर्ना भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया रेखा थापाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सामान्य डेलिभरी हुन नसकेपछि उनको अप्रेसन गरिएको थियो । मृतकका श्रीमान जय बहादुर थापाले अप्रेसन पछि उनको पेट सुन्निएको बताए । उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको उनको आरोप छ । बिहीवार उपचार सम्भव नसकिने भन्दै कोहलपुर अस्पताल भर्ना गरेको भएपनि अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार