• होमपेज
  • देश/प्रदेश
  • निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट को बहस र बयान सकियो आदेश बाँकी, बिष्ट अझै केही दिन प्रहरी नियन्त्रणमा

निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट को बहस र बयान सकियो आदेश बाँकी, बिष्ट अझै केही दिन प्रहरी नियन्त्रणमा

  • शुक्रबार, चैत्र ८, २०७५
निर्मला प्रकरण : तत्कालीन एसपी विष्ट को बहस र बयान सकियो आदेश बाँकी, बिष्ट अझै केही दिन प्रहरी नियन्त्रणमा

महेन्द्रनगर – कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्ट अझै केही दिन प्रहरी नियन्त्रणमा रहने भएका छन्।१३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा थुनछेक बहस शुक्रबार सकिएको छ।शुक्रबार बहस सकिए पनि समय अभावले आदेश भने आइतबारलाई सरेको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

६ जना प्रहरी धरौटीमा रिहा 
अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सई हरसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी सबै प्रहरी निलम्बनमा छन्।

चर्चामा

सम्बन्धित समाचार