बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • प्रधानमन्त्री ओलीले आज वुटवल नारायणगढ सडक स्तोरन्नतीको सिलान्यास गर्दै

प्रधानमन्त्री ओलीले आज वुटवल नारायणगढ सडक स्तोरन्नतीको सिलान्यास गर्दै

  • शुक्रबार, चैत्र ८, २०७५
प्रधानमन्त्री ओलीले आज वुटवल नारायणगढ सडक स्तोरन्नतीको सिलान्यास गर्दै

चितवन ८ चैत :- प्रधानमन्त्री केपी शर्मा ओलीले वुटवल नारायणगढ सडकको भव्य कार्यक्रमका बीच आज स्तरोन्नतीको सिलान्यास गर्दै हुनुहुन्छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत वुटवल नारायणगढ सकडको वुटवलमा सिलान्यासन गर्न लाग्नु भएको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंगै नेकपाका महासचिव विष्णु पौडेलपनि कार्यक्रममा सहभागी हुनु भएको छ । अहिले केही बेरमा हुने कार्यक्रमको लागि तयारी भव्य भएको हो । यो संगै रुपन्देही जिल्लामा अर्को ठुलो आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको पनि उद्घाटन हुदैछ ।
प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।
रुपन्देही क्षेत्र नं ३ का सांसद विष्णु पौडेल यसअघि अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमार्फत रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । यस्तै, बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो ।

बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिनुभयो । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताउनुभयो ।
सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।
उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई÷दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।
हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो । तिलोत्तमा नगरपालिका वडा नं १ नयाँ मिलदेखि झण्डै ५०० मिटर पूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।
आयोजनाको उद्घाटन गर्न आफ्नो नगरमा आउनुहुने प्रधानमन्त्रीको स्वागतार्थ तिलोत्तमा नगरवासीले भव्य तयारी गरेका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना कार्यालयसँग समन्वय गरेर तयारीका विभिन्न काम सम्पन्न गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
आयोजनाको उद्घाटन कार्यक्रमका लागि जनप्रतिनिधि, स्थानीय क्लब, आमा समूह र टोल विकास समिति÷संस्थाहरु खटिएका छन् । प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताउनुभयो ।
आयोजनाले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव रु १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शैया रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ ।

चर्चामा

सम्बन्धित समाचार