शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • जापानसँग सोमबार श्रम समझदारी हुँदै, अप्रिलदेखि नै कार्यान्वयन गर्ने तयारी

जापानसँग सोमबार श्रम समझदारी हुँदै, अप्रिलदेखि नै कार्यान्वयन गर्ने तयारी

  • शुक्रबार, चैत्र ८, २०७५
जापानसँग सोमबार श्रम समझदारी हुँदै, अप्रिलदेखि नै कार्यान्वयन गर्ने तयारी

८ चैत, काठमाडाैँ । नेपालको विकासको साझेदार जापान सरकारले नेपाली कामदार लैजाने विषयमा सोमबार श्रम समझदारी हुने भएको छ । अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा अाउने गरी जापानसँग श्रम समझदारीको तयारी अघि बढेको छ । समझदारीका बुँदाहरूको बारेमा बाहिर केही सार्वजनिक नभए पनि १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयले जनाएको छ । सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै अाएका मन्त्री विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गर्न यसअघि नै निर्देशन दिएका थिए ।  उक्त श्रम समझदारीमा जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्ने र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार