८ चैत, काठमाडाैँ । नेपालको विकासको साझेदार जापान सरकारले नेपाली कामदार लैजाने विषयमा सोमबार श्रम समझदारी हुने भएको छ । अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा अाउने गरी जापानसँग श्रम समझदारीको तयारी अघि बढेको छ । समझदारीका बुँदाहरूको बारेमा बाहिर केही सार्वजनिक नभए पनि १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयले जनाएको छ । सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै अाएका मन्त्री विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गर्न यसअघि नै निर्देशन दिएका थिए । उक्त श्रम समझदारीमा जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्ने र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने तयारी गरिएको छ ।