शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘म गसिप गर्ल होइन’

‘म गसिप गर्ल होइन’

  • शुक्रबार, चैत्र ८, २०७५
‘म गसिप गर्ल होइन’

मुम्बई : ‘दावते–ए इस्क’, ‘मेरी प्यारी बिन्दु’, ‘किल दिल’ र ‘नमस्ते इङ्ल्यान्ड’ जस्ता लगातार फ्लप फिल्म खेलेकी अभिनेत्री परिणीति चोपडा अहिले अक्षय कुमारसँगको फिल्म ‘केशरी’का कारण चर्चामा छिन् । परिणीति आफ्ना फिल्म लगातार फ्लप हुन थालेपछि केही समय वि श्राम लिएर उद्योगमा फर्कने गरेकी छन् । तर, उनको कमब्याक पनि उपलब्धिमूलक हुन सकिरहेको छैन । विपुल शाहको निर्देशनमा बनेको फिल्म ‘नमस्ते इङ्ल्यान्ड पनि फ्लप भयो ।

आफ्नो फ्लप करिअरबाट निराश परिणीतिले ‘केशरी’को प्रमोसनल अन्तर्वार्तामा गसिपका प्रश्न नसोध्न आग्रह गरेकी छन् । उनले आफ्ना फ्लप फिल्मबारे कुरा गर्दै फिल्म फ्लप हुन सय प्रकारका विषयले प्रभाव पार्ने बताइन् । ‘म गसिप बनाउने युवती होइन । मसँग यस्ता प्रश्न नसोध्नुहोला’, उनले भनिन्, ‘जुन युवतीले गसिप गर्छे, उसलाई गसिप गर्ल भनिन्छ । म त्यस्ती होइन ।’

‘मलाई अर्काको बारे कुनै इन्ट्रेस्ट छैन । मसँग यस्ता कुरामा ध्यान दिन समय छैन’, उनले भनिन् । आफ्नो कामको आफैं क्रिटिक बताउने उनी कुनै फिल्म खराब भयो भने आफैंलाई गाली गर्छिन् । उनी अभिनीत फिल्म ‘केशरी’ सारागढी युद्धको कथा हो । ‘हामी उत्तरमा जन्मेका हांै । त्यसैले सारागढी युद्ध, पानीपत युद्ध र कुरुक्षेत्र युद्धका बारेमा पढेको सुनेको छु । जब फिल्मको अफर आयो, त्यसपछि रिसर्च पनि गरेँ’, उनले भनिन् । ‘केशरीको निर्देशन अनुराग सिंहले गरेका हुन् । यो फिल्म २१ मार्चमा रिलिज हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार