बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ला, कसरी अनलाइन फारम भर्ने ? (भिडियोसहित)

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ला, कसरी अनलाइन फारम भर्ने ? (भिडियोसहित)

  • बिहिबार, चैत्र ७, २०७५
कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ला, कसरी अनलाइन फारम भर्ने ? (भिडियोसहित)

काठमाडौं, ७ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि खुला हुने भएको छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ ।

यसवर्षबाट आईएमई-पे र ई-सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्-

चर्चामा

सम्बन्धित समाचार