शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आफु मुस्लिम भएतापनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए होलीको शुभकामना … (पुरा विवरण हेरी

आफु मुस्लिम भएतापनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए होलीको शुभकामना … (पुरा विवरण हेरी

  • बिहिबार, चैत्र ७, २०७५
आफु मुस्लिम भएतापनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए होलीको शुभकामना … (पुरा विवरण हेरी

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले होलीको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार आफ्नो आधिकारिक ट्वीट मार्फत् सबै हिन्दूहरुमा रंगहरुको पर्वको शुभकामना दिएका हुन् ।

कूल २ प्रतिशत हिन्दू रहेको सो मुलुक एउटा इस्लामिक राष्ट्र हो । हिन्दूहरु बढी उत्पीडित रहेको भन्ने आरोप लाग्ने गरेको पाकिस्तानका प्रधामन्त्रीले दिएको यो शुभकामनाले पाकिस्तानमा पनि धार्मिक सद्भावको सन्देश फैलाएको छ ।

ऐतिहासिक तथा पौराणिक ग्रन्थहरुको आधारमा हेर्दा होलीको सुरुवात पाकिस्तानबाट सुरु भएको पुष्टि भएको छ । जहाँ अहिले जम्मा २ प्रतिशत मात्रै हिन्दूहरुको बसोबास छ ।

पाकिस्तानको मुल्तान भन्ने नगरबाट नै होलीको पौराणिक कहानीको विकास भएको कुरा प्रमाणित भएको छ । अहिलेपनि सो स्थानमा भक्त प्रह्लादसँग जोडिएको मन्दिरको भग्नावशष भेटिएको छ । त्यही भग्नावशेषमा एउटा खाँबो पनि भेटिएको छ । जहाँ भक्त प्रह्लादलाई बाँधिएको थिय

भारतसँग विभाजित भईसकेपछि जसरी हिन्दूहरुको मन्दिरमाथि अनेक किसिमका हस्तक्षेप गर्ने चलन नै चल्यो त्यसको चपेटामा त्यो मन्दिर पनि नष्टप्रायः भईसकेको छ । तर यसको केही अवशेष भने अझै जीवित रहेको छ ।

त्यहाँका अल्पसंख्यक हिन्दूहरु अहिले पनि त्यही मन्दिरमा पुगेर होली उत्सव मनाउने गरेका छन् । यो पर्व नेपालमात्रै होइन धार्मिक रुपले अतिवादी मुलुकहरुमा समेत सम्प्रदायिक सद्भाव जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

दैनिक खवरबाट

चर्चामा

सम्बन्धित समाचार