शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कर्णाली करीडोर उद्धघाटन गरिदै

कर्णाली करीडोर उद्धघाटन गरिदै

  • बिहिबार, चैत्र ७, २०७५
कर्णाली करीडोर  उद्धघाटन गरिदै

बडीमालिका खवर
बाजुरा ७ चैत्र
कर्णाली करिडोर अन्र्तगत बाजुरा खण्डमा आज सडको उद्धघाटन गरिने भएको छ । सडक उद्धघाटन पछि बाजुराका दुर्गम ठाउँका जनताले गाडी चढन पाउने भएका छन । यातायात सञ्चालन पछि मुगु हुम्ला र बाजुराका पुर्बीउत्तर क्षेत्रका ३ गाउँपालिका १ नगरपालिकाका नताले यातायात सबिधा पाउने भएका हुन । सडक उद्धघाटनका लागी सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन प्रकाश बहादुर शाह, प्रदेश क का सांसद बल्ेब रेग्मी, सघिंय सांसद लाल बहादुर थापा नेकपा सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा सहित बाजुरा र कर्णाली प्रदेशका नेताहरु यति बेला बाजुरा पुगेका छन् ।
बाजुरा जिल्लाको महत्वपूर्ण मार्गका रुपमा रहेको कर्णाली करिडोर खण्ड अन्र्तगतको ३५ किलोमिटर सडक खण्डको जगन्नाथको लैफू देखि हिमाली गाउँपालिकाको लेब्डी सम्मको यातायात सञ्चालन गरिने भए पछि नेताहरु यति बेला बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् ।
त्यस्तै राष्ट्रिय सभाका सदश्य बद्रीप्रसाद पाण्डे, सुदुरपश्चिम प्रदेशका पूर्वभुमिसुधार सहायक मन्त्री जनकराज गिरी, युवा संघका केन्द्रिय सचिव नरेश कुमार शाही, पूर्व सांसद हिक्मत जंग शाही लगायतका नेताहरु बाजुरा पुगेका प्रमुख जिल्ला अधिकारी बरालले बताएा छन् ।
नेताहरु संगै जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकाया, विभिन्न नगरपालिका र गाउँपालिका प्रमुखहरु लगायत जनप्रतिनिधिहरु, बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बराल लगायत कर्मचारीहरु पनि सो कार्यक्रमका लागि भनेर यति बेला कोल्टी क्षेत्र केन्द्रित भएका छन् । यतिबेला कोल्टी क्षेत्रमा नेता तथा कार्यक्रताहरु बाजा गाजा गरि नेताहरुको स्वागतका लागि लागीरहेका छन् ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरमा जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउपालिकाको संयुक्त आयोजनामा आज पिलुचौरमा एक कार्यक्रमको आयोजना गरि सडकको सुभारम्भ गरिने जगन्नाथ गाउपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन । उनले कालीकोटका प्रमुख जिल्ला अधिकारी आजै पिलुचौर आइपुग्ने जानकारी आएको बताएका छन ।

कर्णाली करिडोर सडकको बाजुरा खण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइने भएपछि जनतामा पनि उत्साह छाएको छ । बाजुरा संगै हुम्ला र मुगुका नागरिक समेतले सडक यातायातको उपयोग गर्न पाउने भएका छन । कर्णाली करिडोरको निमार्ण कार्य हाल नेपाली सेनाले गरिरहेको छ । कुल २ सय ८५ किलोमिटर कर्णाली करिडोरको बाजुरामा ४३.५ किलोमिटर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार