शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धार्मिक
  • तपाई कुन बार जन्मनु भएको ? जानकारी लिनुहोस आफ्नो जन्म बार अनुसार आफ्नो जीवन कालमा के काम गर्दा फलदायी हुने !

तपाई कुन बार जन्मनु भएको ? जानकारी लिनुहोस आफ्नो जन्म बार अनुसार आफ्नो जीवन कालमा के काम गर्दा फलदायी हुने !

  • बुधबार, चैत्र ६, २०७५
तपाई कुन बार जन्मनु भएको ? जानकारी लिनुहोस आफ्नो जन्म बार अनुसार आफ्नो जीवन कालमा के काम गर्दा फलदायी हुने !
हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई जन्म जन्मबार अनुसार फलदायी पेशाको बारेमा जानकारी दिन जाँदै छौँ। आईतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यिनीहरुले २२ वर्ष पछि अधिक धन लाभ गर्ने अवसर पाउने छन्। यस दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हँसिल गर्न सक्छन। सोमबार : सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । यस दिन जन्मेका व्यक्तिहरुका लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्रमा उपयुक्त हुने गर्छ। मंगलबार : मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन। यस दिन जन्म भएकाहरुका मिडिया र राजनीतिको क्षेत्र राम्रो हुन्छ । यी क्षेत्रमा उनीहरुले आफ्नो राम्रो नाम र छाप राख्न सफल हुन्छन। बुधबार : यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन। बिहिवार: यस दिन जन्मिने पुरुषहरु निकै विध्वान र पराक्रमी हुने गर्छन। बिहिबार जन्मेका व्यक्तिहरुलाई जुनसुकै पेश गर्दा पनि राम्रो हुने देखिन्छ तर हरेक कार्यमा संयम रहन आवश्यक रहन्छ। विशेष गरेर यी व्यक्तिका लागि शिक्षण पेशा फलदायी मानिने गर्छ। शुक्रबार : यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छन। शुक्रबार जन्मेका व्यक्तिहरुका लागि डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्र उत्तम मानिन्छ। शनिबार : शनिबार जन्म भएका प्राय: व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार गर्न रुचाउने गर्छन। यिनीहरुको बाल्यकाल केहि कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्म भएका व्यक्तिहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ गर्ने अवसर मिल्ने गर्छ। यिनीहरु कलाकारिताको क्षेत्रमा पनि आफ्नो राम्रो पहिचान राख्न सफल हुन्छन।

चर्चामा

सम्बन्धित समाचार