बडीमालिका खवर
बाजुरा ६ चैत्र
हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । होलीको अवसरमा बाजुरा जिल्लाका युवाहरुले देउडा खेलेर मनाएका छन ।
विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा भए पनी बाजुरामा सभ्य र भब्य रुपमा रङ लगाएर दिनभर देउडा खेलेर मनाएका छन । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व लाई जगेर्ना गर्ने उदेश्यले प्रम्परागत खेलिदै आएको देउडा खेलेर मनाएको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइने भएकोले यसलाइ आफ्नो संस्कारलाई पनी साथमा लिनुपर्ने नेकपा बाजुराका नेता काशी बिकले बताए ।
होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ
होलीको अवसरमा जिल्लामा बिभिन्न संघ संस्था बिद्यालय लगायतले होली विशेष कार्यक्रम आयोजना गरेका छन्